रमेश कुमार यादब
बैशाख १७ ,रौतहट
रौतहटमा उम्मेदवारी दिएका उम्मेदवारहरु घरदैलोमा ब्यस्त देखिएको छ ।जिल्लाको उतरीभेगमा पर्ने चन्द्रपुर नगरपालिकाका जनता समाजबादी पार्टी (जसपा)नेपालको तर्फबाट मेयर पदको उम्मेदवार राम कल्याण राउतले आफ्नो उम्मेदवारी दिए पछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । स्थानीय तहको निर्वाचन नजिक आएसंगै चन्द्रपुर नगरपालिकाका बिभिन्न वार्डमा जनता समाजबादी पार्टीको मेयर पदको उम्मेदवार चर्चित युवा नेता राम कल्याण राउत सहित उहाँको समर्थकहरु घरदैलो कार्यक्रममा रहेको थियो । चन्द्रपुरमा घरदैलो कार्यक्रम जारी रहेको बेला एक जना सर्वसाधारण व्यक्ति अचानक बेहोस भएको थियो ।बेहोस हुँदा घरदैलो कार्यक्रममा रहेका जसपाको मेयर उम्मेदवार राउतले देखेपछि हस्याङ्गफस्याङ्ग गरि बेहोस भएका ब्यतिलाई उठाईएको थियो ।बेहोस भएका व्यक्ति चन्द्रपुर नगरपालिकाको वार्ड नं.५ स्थित चन्द्रपुर निबासि बिरबहादुर श्रेष्ठ रहेका छन ।मेयर उम्मेदवार राउतले आफ्नो घरदैलो कार्यक्रमलाई स्थिगीत गरि श्रेष्ठलाई उठाई रिक्सामा राखेर आफैँले हस्पिटल पुगाएका थिए ।हस्पिटलमा पुगाएर भर्ना गराई उपचार गराउनको लागी मेयर पदको उम्मेदवार राउतले नगद रकम समेत सहयोग गरेका थिए ।साथै हस्पिटलमा भएका सम्पुर्ण बिरामीहरुसंग भेटघाट गरि उनीहरुको स्वास्थ्य सम्बन्धि जानकारी समेत बुझेका थिए ।सोहि क्रममा उहाँसंग केहि संक्षिप्त कुरा दर्ता उहाँले भने सबभन्दा पहिला मानव सेवा नै ठुलो सेवा हो भनेका थिए । हामी जो कोहि भए पहिला मानव हौँ एक अर्कोलाई सहयोग गर्नु हाम्रो दायित्व हो भने थिए ।साथै यहि बैशाख ३० गते हुने स्थानीय चुनावमा आफुले जिते चन्द्रपुर नगरपालिकालाई समृद्ध र विकशित बनाउन पहल गर्ने बताएका छन् ।चन्द्रपुर नगरपालिकाको बिभिन्न वडामा रहेका समस्याहरुको पहल गर्ने र चन्द्रपुर नगरभरीको समग्र विकाशमा आफ्नो जोड हुने नेता राउतले बताएका छन् । अस्तव्यस्त बनेको चन्द्रपुरलाई व्यवस्थित गर्नमा आफ्नो विशेष भूमिका हुने उनले बताएका छन् ।आफुले चुनाव जिते चन्द्रपुर नगरपालिकाको समग्र विकासले गतीलिने भएका कारण आफ्नो पक्षमा मतदान गर्नका लागि सम्पूर्ण वाडावासी लगायत नगरबासिहरुलाई आग्रह गरेका छन् ।