राजेश पासपान
बैसाख १७।
रौतहट ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ मा सयौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
शुक्रबार भुषहामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुनुभएका नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य तथा भुपु गाविस अध्यक्ष शेख सतार,शेख मैनुल,शेख जरनैल,शेख मुस्तुफा,शेख कारी समसुल,शेख ओजाहि लगायत अन्य २०० जना भारी संख्याका साथ नेपाली काँग्रेस परित्याग नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाछन।
नव प्रवेशित सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रमको प्रमुख अथितिकोरुपमा आउनुभएका नेकपा एसका पोलिट व्युरो सदस्य तथा मधेस प्रदेशका उधोग प्रयटन तथा वन राज्य मन्त्री सत्रुधन महतोले फुलमाला तथा अबिर लगाई पार्टीमा भव्य स्वागत गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले नेपाली काँग्रेसको लाल किल्लाको रुपमा रहेको भुषहा गाउँमा अब नेकपा एकीकृत समाजवादीको लाल किल्ला गडिसकेको बताउदै,वृन्दावन अब कलममय भएको बताउनु भयो।
त्यसैगरी पुर्व गाविस अध्यक्ष शेख सतारले पनि नेपाली पार्टीमा टिकट वितरण गर्ने क्रममा पैसाको चलखेल भएको र पैसा लिएर टिकट बेच्ने प्रवृत्ति रहेकोले आफुहरु नेपाली काँग्रेस परित्याग गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा एसका पोलिट व्युरो सदस्य रामकुमार भट्टराई,वृन्दावन नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार बिनोद पटेल,नगरउपप्रमुख का उ्मेदवा संगिता कुमारी,रौतहट क्षेत्र नम्बर ४ (ख)कि बिधायक हसिमा खातुन,जिल्ला कमिटी सदस्य सलामोदिन दर्जी लगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।