राैशन चाैधरी ।
राैतहट, १८ वैशाख । नेकपा माओवादी र जनता समाजवादी पार्टी नेपालको गठबन्धनले कटहरिया नगरपालिकाकाे घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गठबन्धनबाट नेकपा माओवादीको मेयरमा नसरूदिन अंसारी र जनता समाजवादी पार्टी नेपालबाट उपमेयरमा जितेन्द्र यादव उम्मेदवार छन् ।
अंसारी र यादवले आइतबार कटहरिया नगरपालिकाकाे वडा नं ६ फत्तेपुरमा अंसारीले घरदैलो गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै अंसारी र यादवले मेयरमा हसुवा हथौड़ा र उपमेयरमा छाता छापमा मतदान गर्न आग्रह गरे । स्थानीयहरुले पनि अंसारी र यादवलाई विजयको शुभकामना दिँदै मेयरमा मेयरमा हसुवा हथौड़ा र उपमेयरमा छाता छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयरका उम्मेदवार अंसारीले विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।
पुर्व मेयर शियाराम कुशवाहाले फत्तेपुरमा विकास गर्न नचाहेकाे तथा याेगाउलाई अगाडि बढन् नदिने जस्तो गरेकाे छ । यदि हाम्राे पार्टी चुनाव जित्यो भने याे गाउलाई नमुना गाउ बनाउने प्रतिबधाता गर्नुभयाे । अंसारीले भने यदि हाम्रो पार्टी चुनाव जित्यो भने पहिला याे वाडकाे स्वास्थ चाैकीकाे भवन,वाड कार्यालय भवन,विधालयकाे भवन तथा शिक्षामा सुधार,सिचाईकाे व्यवस्थापन , युवाहरूकाे खेलकुदकाे लागि जमिन खरिद गरी फिल्डकाे व्यवस्थापन गर्ने प्रतिवधता व्यक्त गर्नुभयाे ।
आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । नगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, अंसारीले भने, ‘जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’
उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभएकाे तर म सधै कटहरिया नगरपालिकाकाे नगरबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।
उनले कटहरिया नगरपालिकामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफु सधै लाग्ने जनाए ।