राैशन चाैधरी ।
बैशाख २२ ,रौतहट
रौतहटको कटहरिया नगरपालिकाका नेपाली काग्रेसबाट मेयर पदका उम्मेदवार अजय प्रकास जैसवालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।चुनाव जितेपछि आफूले गर्ने कामहरूलाई समेटेर उनले कटरियामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका आफ्ना घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायत कार्यलाई विशेष प्राथमिकता दिए । उनले मेयरमा आफू निर्वाचित भए पाँच वर्षमा पांचवटा ठोस कामहरू गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । सो अवसरमा नगर प्रमुखका उम्मेदवार जयसवालले भ्रष्टाचार मुक्त कटहरिया नगर सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’–भन्ने मुख्य नारा आफ्नो रहेको उनले बताए । विगतमा नगरको नेतृत्व गरेको सरकारले व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको आरोप लगाउँदै उनले ती कुराहरुमा सुधार गर्ने उल्लेख गरे ।
शिक्षातर्फ कटहरियामा नगरस्तरीय सुबिधा सम्पन पुस्तकालयको ब्यवस्थापन गर्ने, अत्याधुनिक सरकारी अस्पतालको स्थापना आदि काम गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । सबभन्दा शिक्षामा बिशेष जोड दिने बताए ।शिक्षामा रौतहट सबभन्दा पछाडी रहेको जिल्ला हो ।जिल्लामा शिक्षालाई प्रतिशतको हिसावले हेर्दा ४१.४७% रहेको पाईएको छ ।त्यस कारण शिक्षामा प्रगति उन्नती गर्नको लागी नगरस्तरिय सुबिधा सम्पन पुस्तकालयको ब्यबस्था गर्ने बताए ।हाम्रो गाउँघर धेरै गरिब परिवारका मानिसहरु रहेका छन जसले पैसाको अभावले स्कुल पनि पढन पाईरहेको छैन ।समाजमा केहि हुनेखाने किसिमका मानिसहरु रहेका छन जसले सरकारी बिधालयलाई छोडेर निजि बिधालयहरुमा आ–आफ्नो बालबालिकालाई पढाईदै छ ।सरकारी बिधालय हुँदा पनि त्यसमा राम्रो पढाई नभएको कारण समस्या रहेको छ ।त्यस्ता समुदायिक बिधालयहरुलाई भौतिक संरचना सुधार गरि पढने बाताबरण बनाउने ,दलित तथा बिपन्न बर्गका छात्र ,छात्राहरुलाई उच्च शिक्षा अध्यनको लागी प्रत्यके बर्ष छात्रबृती प्रदान गरिने जनाएको छ ।ुस्तानीय स्तरमा प्राबिधिक शिक्षा संचालन गर्ने ,अपाङ्ग मैत्री बिधालय स्थपना गर्ने ,बाल शिक्षकहरुलाई अधारभुत शिक्षक सरह तलब भताको ब्यबस्था गरिने ,हरेक वाडमा नमुना आधारभुत बिधालय बनाई उहाँको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
त्यसतै हाम्रो नेपाल देशलाई कृषि प्रधान देश भनिए पनि कृषिमा पछाडी नै रहेको बताए ।गत पाँच सालमा कृषकहरुले भोगेको पिडा यस सालमा नभोगोस भनि उदेश्यले कृषकहरुको सहुलियताको लागी कृषि मिटरको महसुल निःशुल्क गर्ने भनि घोषणा गर्नु भयो साथै कृषकहरुलाई खेति गर्दा कुनै प्रकारको बालीनालीमा कमि नआओस भनि उदेश्यले उन्नत जातको बिउ तथा मल सहज तरिकाले उपल्बध गराउने बताए ।कुलो नभएको खेतमा सिचाईको ब्यबस्थाको लागी हरेक खेतमा पोल ,तार परयाई सिचाईँको ब्यबस्थ ागर्ने ,खेतबारिमा फलेका तरकारीहरुलाई बाहिर नजाओस भनि कृषि बजारको ब्यबस्था गर्ने ,खेतमा बालिनाली उब्जाउनमा समस्या हुँदा कृषि उत्पादन बढाउनको लाग स्थानिय स्तरमा माटो परिक्षण गर्ने प्रयोगशालाको स्थपना गर्ने बताएका छन ।
हाम्रो समाजमा धेरै मानिसहरु गरिबीको रेखामुनि दबेको पाईएको छ ।जसले गर्दा मानिसहरुको स्वास्थ्यमा कुनै प्रकारको रोग लाग्दा उपचारको अभावका कारण अकालमै मृत्यु भईरहेको छ ।अब देखि त्यस्ता नआउन दिनको लागी कटहरियाको स्तरोन्नती गर्नको लागी ५० बेडको अस्पताल बनाईने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।गर्भबति महिलाहरुको लागी प्रत्येक वाडमा रहेको स्वास्थ्य चौकी र उप–स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको संचालन गर्ने ,सुत्केरी महिलाको लागी निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने ,कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा कुकुर र सर्पको टोकाईको भ्याक्सीनको ब्यबस्था गर्ने ,हृदयघात ,क्यान्सर जस्ता घातक रोग भएका बिपन्न आर्थिक अवस्था कमजोर भएका रोगीहरुलाई उपचारको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता पत्रद्धारा जानकारी दिए ।
नगरका भूमिहीन दलित तथा गरीबहरुलाई निःशुल्क घडेरीको व्यवस्था गरी उनीहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने र विभिन्न उद्योगको स्थापना गरी नगरका बेरोजगार रहेका युवाहरुलाई रोजगारी दिने प्रतिवद्धता उनले जनाएका छन् । कटरियामा हुने चोरीलाई नियन्त्रण गर्न नगरका प्रत्येक चोकहरुमा सिसिटिभी क्यामरा तथा सडक बत्ती जडान गर्ने, व्यवसायीको लागि विशेष सुरक्षा योजना ल्याउने, स्वच्छ वातावरणका लागि नगरका सबै चोक र बजारमा वृक्षरोपण गरी हरियालीयुक्त बनाउने, सबै टोलमा पक्की सडक र नाला निर्माण लगायत कार्य गर्ने उनको घोषणापत्रमा उल्लेख छ । त्यस्तै कम्युनिकेशनमा फ्री वाईफाईको व्यवस्था, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण लगायत काम गर्ने उनले बताए ।महिलाहरुलाई स्वरोजगारको लागी निःशुल्क सीपमुलक तालिमको ब्यवस्था गरिने ,मठ मन्दिर तथा मस्जिदहरुलाई ब्यवस्थि तगर्ने प्रतिबद्धता पत्रमा प्रष्ट उल्लेख गरिएको छ ।जनता प्रति मेयरको उतर दायित्व कार्यक्रम अन्तर्गत प्रत्यके महिनाको अन्तिम शनिबार जनता दरबार कार्यक्रम संचालन गर्ने र त्यसमा गाउँमा भएका कमकमजोरीहरुको रायबिचार र सुझाब अदान प्रदान गर्न प्रतिबद्धता जनाए । आफू निर्वाचित भएपछि आफूले अहिले जनतासँग गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने उनले बताएका छन् । आफू आफ्ना व्यक्तिगत स्वार्थका लागि नभइ समाज सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएकाले आफूलाई विजयी गराइ समाजसेवा गर्न मौका दिन नगरबासीसंग अनुरोध गरेका छन् ।