आफुले नगरप्रमुखमा निर्वाचित भएपछि,एकखघर एक राेजगा,तथा आफुले चढने गाडिकाे सट्टा ३ वटा एम्बुलेन्स खरिद गर्ने जयसवालकाे घाेषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
आफुले नगरप्रमुखमा निर्वाचित भएपछि,एकखघर एक राेजगा,तथा आफुले चढने गाडिकाे सट्टा ३ वटा एम्बुलेन्स खरिद गर्ने जयसवालकाे घाेषणा

राैशन चाैधरी ।
बैशाख २४ गते ।

रौतहटको कटहरिया नगरपालिकाको लागी नेपाली कांग्रेसबाट नगर प्रमुख उमेदवार अजय प्रकाश जयसवालले आफुले नगर प्रमुखमा निर्वाचित भएपछि नगरपालिकाको सरकारी गाडी प्रयोग नगर्ने तथा उक्त रकमबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने र आफ्नो नगर भरीका नागरिकहरूलाई एक घर एक राेजगार अन्तरगत ६५०० जना लाई राेजगार दिने तथा अहिले आफुले करिव १२०० जनालाई राेजगारी दिएकाे छु । यदि आफु चुनाव जित्याे भन्ने बाकि सबै जनालाई राेजगार दिने बताउनु भयाे ।

शनिवारका दिन कटहरिया वडा नं ३ विर्तिमा घर दैलाे कार्यक्रम गरेपछि काेनसभालाई सम्बाेधन गर्दै वाहाले भन्नु भयाे कि यदि आफु चुनाव जिते भने जन्ता प्रति मेयरकाे उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रतेक महिनाकाे अन्तिम शनिबारका दिन जनता दरवार कार्यक्रम गरिनेछु ।

आफु शासक नभएर जनताको सेवक भएर काम गर्ने जयसवालकाे भनाइ छ । नगरको सम्बृद्ध बिकाशको लागी नेपाली कांग्रेसको जित आवश्यक भएको हुदा एकपटक नेकपा नेपाली कांग्रेसलाइ आफनो अमुल्य मत दिन नगर प्रमुख उमेदवार जयसवालले आग्रह गरेका छन । शिक्षा,खेलकुद,स्वास्थ्य तथा भौतिक पुर्वाधारको योजनाबद्ध बिकाश गर्ने योजना नेपाली कांग्रेस संग मात्रै भएको कारण पनि नेपाली कांग्रेसलाइ जिताउनु पर्ने उनले बताए ।

उक्त काेणसभामा नेपाली कांग्रेसका समाजसेवी नेता जवाहरलाल यादव तथा उपमेयरका उमेदवार रिता देवि र साेहि वडाकाे वाडाअध्यक्षकाे उमेदवार उमेश यादव लगायतले सम्बोधन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस