राैशन चाैधरी ।
बैशाख २५ गते ।
रौतहटको कटहरिया नगरपालिकाको लागी नेपाली कांग्रेसबाट नगर प्रमुख उमेदवार अजय प्रकाश जयसवालले फत्तेपुरमा घरदैलाे कार्यक्रम गरेकाे छ । गाउभरीका सबै स्थानियवासि संग आशिर्वाद बटुल्नुभएकाे थियाे र आफुले नगर प्रमुखमा निर्वाचित भएपछि वडा नं ६ फत्तेपुरमा गरेकाे अन्या गरेकाे नि०वर्तमान मेयर शियाराम कुशवाहाले याे गाउलाई साैतेला जस्तो व्यवहार गरेकाे छ । जयसवालले भने आफु जिते पछि फत्तेपुरलाई एउटा नमुना वाड बनाउने बताए । नगरपालिकाको सरकारी गाडी प्रयोग नगर्ने तथा उक्त रकमबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने र आफ्नो नगर भरीका नागरिकहरूलाई एक घर एक राेजगार अन्तरगत जित्याे भन्ने बाकि सबै जनालाई राेजगार दिने बताउनु भयाे ।
आईतवारका दिन कटहरिया वडा नं ६ फत्तेपुरमा घर दैलाे कार्यक्रम गरेपछि भने यदि आफु चुनाव जिते भने जन्ता प्रति मेयरकाे उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रतेक महिनाकाे अन्तिम शनिबारका दिन जनता दरवार कार्यक्रम गरिनेछु ।
आफु शासक नभएर जनताको सेवक भएर काम गर्ने जयसवालकाे भनाइ छ । नगरको सम्बृद्ध बिकाशको लागी नेपाली कांग्रेसको जित आवश्यक भएको हुदा एकपटक नेकपा नेपाली कांग्रेसलाइ आफनो अमुल्य मत दिन नगर प्रमुख उमेदवार जयसवालले आग्रह गरेका छन । शिक्षा,खेलकुद,स्वास्थ्य तथा भौतिक पुर्वाधारको योजनाबद्ध बिकाश गर्ने योजना नेपाली कांग्रेस संग मात्रै भएको कारण पनि नेपाली कांग्रेसलाइ जिताउनु पर्ने उनले बताए ।
साे कार्यक्रममा नेपाली कांग्रेसका समाजसेवी नेता जवाहरलाल यादव र कटहरिया नगरपालिकाकाे नगर सभापति तथा वडाकाे वाडाअध्यक्षकाे उमेदवार शम्भुकान्त प्रसाद यादव लगायत सैकडाै जना कार्यकार्ताकाे सहभागिता रहेकाे थियाे ।