राैशन चाैधरी
बैशाख २६ गते । रौतहट
रौतहटको कटहरिया नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी तर्फबाट उम्मेदवार बनेका कटहरिया नगरपालिकाका वार्ड नंम्बर १ भषेढवाको वडाअध्यक्ष पदको उम्मेदवार भुपेन्द्र महताे काेईरीको जित्ने प्रबल सम्भवना रहेको छ । अहिले महताेको गाउँमा जित्ने सम्भवना पनि बलियो देखिएको छ । कटहरिया नगरपालिका १ मा उनकै चर्चा टोलटोल ,बिभिन्न चौकचौराह,चियापसलमा जितने चर्चा चलेको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा२०४६सालदेखि आबध रहि राजनेतिक गर्दै आउनुभएको कटहरिया नगरपालिकाको वार्ड नम्बर १ को वडाअध्यक्ष पदको उम्मेदवार भुपेन्द्र महताेले बताए ।
कटहरिया नगरपालिका–१ निबासि वडाअध्यक्ष पदको उम्मेदवार महताेले शिक्षित बनौँ ,संगठित रहौँ र सघर्ष गरौँ मुल नारा र भ्रष्टाचारी जनप्रतिनिधि बिरुद्ध लडन र स्वच्छ राजनिति गर्नका लागी आफ्नो उम्मेदवारी दिएको बताए । महताेले स्थानिय तहको चुनावमा हाम्रो होईन राम्रो चुनौँ र निर्वाचित गराई आफ्नो बहुमुल्य मतको सुरक्षा गर्न आग्रह समेत गरेका छन ।
त्यसतै उनलेआफ्नो व्यक्ति गततर्फबाट दुई वटा मन्दिर,करिब दुई कराेडकाे लागतमा वाडभरी ग्रेभल,पिच कल्भर्ट निर्माण गरेकाे थियाे । समग्रमा देशको बिकासको लागी र आफ्नो गाउँको मुहार फेर्ने र यस्ता भ्रष्टाचार गर्ने मानिसहरुलाई तह लगाउनको लागी उम्मेदवारी दिएको उहाँले भने । पालिका अन्तर्गत रहेको वडा कार्यालयमा भौतिक पुर्वाधार ,स्वास्थ्य ,शिक्षा ,कृषि लगायतको क्षेत्रमा बिकास गर्ने पहिलो प्राथमिकता रहेको बताए ।साथै जनताको बिचमा रही जनताको सुखदुखमा सधैँ सहयोग गर्ने बचन समेत दिएका छन ।
अहिले महताे चुनावी माहोैल रहेको कारण घरघरमा मत माग्नमा ब्यस्त रहेको देखिन्छ । गत २०७४ सालमा निर्वाचित भएका कटहरिया नगरपालिकाको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचार ,गरिबमाथि गरेको अन्याय ,हरेक बिकासमा गरेको घोटालाको प्रदाफास गर्ने र वडाअध्यक्ष पदको उम्मेदवार महताेले भषेढवा बासिसंग एक चोटी नेकपा एकिकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलममा आफ्नो बहुमुल्य मत दिई भारि भन्दा भारि मतले जितार एक चोटी सेवाको मौका दिन अनुरोध समेत गरेका छन ।
बैशाख ३० गते शुक्रबारको दिन देशभरिमै एकैचरणमा स्थानिय तहो चुनाव हुदैछ । यसले ७५३ वटा कार्यपालिकामा जन प्रतिनिधि छनौट गर्नेछ । त्यसै गरि रौतहटमा पनि हुने स्थानिय तहको चुनावको लागी बिभिन्न दलका नेताहरुले आफ्नो–आफ्नो पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका छन ।
स्थानिय तहको चृुनावमा भाग लिनका लागी बिभिन्न नेताहरुले आफ्नो पहिलो कार्यकाल सिधियाएर दोस्रो कार्यकालको लागी पुन उममेदवारी दिएका छन भने केहि पालिकाबाट नयाँ मुहारका उम्मेदवारहरुले मनोनयन गराएका छ ।