राैशन चाैधरी । बैशाख २७ गते ।
नेपाली कांग्रेसको तर्फबाट कटहरिया नगरपालिकाको मुहार फेर्न मेयर पदकाे उम्मेदवार बनेका युवा समाजसेवि नेता अजय प्रकाश जयसवाल र जवाहरलाल यादवकाे श्रीमति उपमेयरकाे उमेदवार रिता देविलाई कटहरिया नगरपालिकामा नेपाली कांग्रेसको जितलाइ कसैले पनि रोक्न नसक्ने बताएका छन । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेसको उम्मेदवार अजय प्रकाश जयसवाल र रिता देविकाे पक्ष र समर्थनमा जनमत जुट्ने क्रम तिव्र गतिमा अघि बढिरहेको कारण पनि आफनो जित कसैले पनि रोक्न नसक्ने जयसवालको दाबी छ । दिनप्रतिदिन उनको पक्षमा जनमत बढदै गएपछि कटहरिया नपाको मेयर पदमा उनी विजयी हुने प्रवल सम्भावना बढेर गएको स्थानियबासी बताउछन । भ्रष्टाचार मुक्त नगरपालिका बनाउन समाजसेवी, व्यवसायी, इमान्दार छवी भएका व्यक्ति जयसवाललाई अपार मत दिएर विजयी गराउन नेपाली कांग्रेसको जनताको पक्षमा कदम उठाउन कुनै कसर बाँकी नराख्ने बताइएको छ । यता उम्मेदवार जयसवाल आफनो पक्षमा मतदातालाई ल्याउन अहोरात्री खटेर जनताको मन जित्ने प्रयासलाई निरन्तरता दिईरहदा कटहरियाको न्याय प्रेमी मतदाताहरु यसपाली अजय प्रकाश जयसवाललाई जिताउने अभियानलाई अगाडी बढाएका छन् । कटहरियामा गुणस्तरिय शिक्षा, सुदृढ स्वास्थ्यको व्यवस्था, एक घर एक राेजगार युवालाई, महिलालाई सिप, दलितलाई उत्थान, स्वच्छ खानेपानी, निशुल्क विजुली बत्ती,नगरभरी कालाेपत्रे लगायतको कटहरिया बासीलाई चाहिने आधारभुत आवश्यक्ताहरु पुरा गर्ने तथा नगरपालिकाबाट गाडि नलिने तथा त्यसकाे सट्टामा ३ वटा एम्बुलेन्स खरिद गरिने र जन्ता दरबार कार्यक्रम अन्तरगत महिनाकाे अन्तिम शनिवार प्रतेक नगरवासीकाे समस्या बुझेर अगाडि बढने बताए । जयसवालको पक्षमा मतदाताहरुको लहर चलेको हुँदा आउदो ३० गते रूख छापमा मोहर लगाएर उनलाई विजयी गराउन उनले जनताहरु संग विनम्र निवेदन गरेका छन् । कांग्रेस उम्मेदवार जयसवाल अहिले विहान, दिउसो, वेलुकी जनताहरुको घरदैलोमा गएर रूख चिन्हमा मतदान गर्न आग्रह गर्दा जनताहरुले पनि उनलाई साथ दिइरहेको बताइएको छ । हुनत अजय प्रकाश जयसवालको नेपका माओवादी केन्द्रकाे उम्मेदवार नसरूदिन अंसारी संग प्रतिष्पर्धा हुने देखिएको छ ।