वीरगञ्ज, २९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ परेका छन् ।
स्थानीय तह निर्वाचनको मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा अन्सारीलाई आज प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अन्सारीलाई मधेस प्रदेशको जनकपुरस्थित सीताशरण होटेलको कोठा नम्बर ३०५ बाट पक्राउ गरेको हो ।