राजेश पासवान। बैसाख ३१।रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकामा अवस्था तनावग्रस्त भएको छ। नि वर्तमान मेयर एवम् नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख पदको उम्मेदवार रामसनेही यादवले मतगणना कार्यमा धाधली गर्न खोजोको भन्दै अन्य पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरु बिरोधमा उत्रेपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरको उम्मेदवार विनोद पटेल,नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार प्रेमशंकर यादव र जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदको उम्मेदवार मो.शेख हकिमको अनुसार विगत पाँच वर्षदेखि नि वर्तमान मेयर रामसनेही यादवले अधिकृत नागेन्द्र यादवको आड र केही दलालहरुको संरक्षणमा उक्त नगरपालिकामा चरम भ्रष्टाचारी गरेकोले र उक्त भ्रष्टाचारलाई ढाकछोप गर्न चुनाव जित्नको लागि निर्वाचन अधिकृत र प्रशासनसंग सेटिङ गरेर जनताले मत न वृन्दावनको अवस्था तनावग्रस्त,मतगणना कार्य अहिलेसम्म स्थगित पावर र पैसाको आडमा फेरीपनी चुनाव जित्न गुण्डाहरुलगाए हु-हल्ला गराएर धमकाउन खोजेकोले निर्वाचन अधिकृत उमेश राज रिमालको सट्टामा अर्को अधिकृत ल्याआएपछि मात्रै मतगणना कार्य सुरु हुने आफुहरु तय गरिसकेको वहाँहरुले बताउनुभयो।
त्यसैगरी उक्त समस्यालाई समाधान गर्न सर्वदलीय बैठक बसेको छ भने मतगणना स्थल बाहिर नेपाल प्रहरी,शस्त्र प्रहरी र नेपाल आर्मीको टोली कडा रुपमा प्रस्तुत भएको छ।