राैशन चाैधरी । जेठ ४ गते ।
राैतहट जिल्लाकाे कटहरिया नगरपालिकामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म तिन वटा वडाकाे परिणाम सार्वजनिक भएको छ । जस मध्ये वडा नं १ वडाअध्यक्षमा भुपेन्द्र महताे काेईरी तथा ४ जना वडा सदस्य नेपाली कांग्रेसले विजय भएका छन् । वडा नं २ मा नेकपा एमालेका वडा अध्यक्षमा हरेन्द्र साह र २ जना वाडा सदस्य विजय भएका थिए भने नेपाली कांग्रेसकाे २ वाडा सदस्य विजय भएका छन् । मंगलबार वडा नम्बर ३ काे मतपरिणाम सार्वजनिक भएको छ ।
कटहरिया वडा नम्बर ३ मा एमालेका उम्मेदवार श्यामाकान्त यादव विजयी भएका छन् । उनकाे पुरै प्यानल विजयी भएको छ । यादवले ७ सय २७ मत पाएका छन् । उनले आफनाे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार उमेश यादवलाई १४० मतले पराजित गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले ५८७ मत प्राप्त गरेका थिए ।
सो वडाका वडा सदस्यहरूमा सीता देवि पटेल,रामअज्ञा साह साेनार,दिलिप साह तेली,कान्ति देवि पासवान विजयी भएका छन् । २३ सय भन्दा बढी मतदाता मध्ये साे वडामा १९९२ मतदाताले मत हालेका थिए ।
कटहरिया नगरपालिकाकाे १ देखी ४ नं वडाकाे अहिले सम्म कुल मतगिन्ति भएकाे ८५२५ मतमध्ये नेपाली काग्रंसकाे उमेदवार अजय प्रकाश जयसवालले ३३९५ र उपमेयर रिता देवी ३८११ अग्रता लिएकाे छ । त्यस्तै नेकपा एमालेका उमेदवार सियाराम कुशवाहाकाे २६५४ र उपमेयरमा २४२७ मतले पछाडि गरिरहेकाे छ। अजय प्रकाश जयसवाल ७४१ मत र उपमेयरले १३८४ मतले अगाडि रहेकाे छ ।