राैशन चाैधरी
जेठ ०६ ,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ५ वटा वडा तहको मतपरिणाम सार्वजनिक गरिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काग्रेसको वडाअध्यक्ष पदको उम्मेदवार सर्फलाल गुप्ता विजयी भएको छ । गुप्ताले ८ सय ९३ मत पाएका छन् । उम्मेदवारहरुमा निकै कडाप्रतिस्पर्दा हुँदा हुदैँ पनि उनी बिजय भएको छ ।उहाँका निकटतम प्रतिद्धण्द्धी एमालेका वडाध्यक्ष उम्मेदवार राजनरायण साहले ७ सय ६९ मतले पछयाईदैँ पराजित भएको छ ।प्रतिद्धण्द्धी साह १ सय २४ मतको फराकिलो मतले पराजित गर्दै गुप्ता निर्वाचित भएका हुन् । नेकपा माओबादी पार्टीबाट वडाअध्यक्ष पदको उम्मेदवार शंकर साह ५ सय ९९ मत प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको थियो ।
सो वडामा वडाअध्यक्ष गुप्ताको प्यानल सहित बिजय हुनुभएका छन ।सो वार्डमा नेपाली काग्रेसका महिला वडासदस्यमा सोनी देवीले ८२४ मत पाएका थिए भने दलित महिला सदस्य पुकारी देवी सर्भङ्गले ९१९ मत ,बिधान अनुसार २ जना पुरुष सदस्य रहने ब्यबस्था पनि रहेको छ । सोहि अनुसार खुल्ला पुरुष सदस्य नागेन्द्र प्रसाद यादबले ९११ र अर्का खुल्ला सदस्य तिर बैधनाथ दासले ८४२ मत ल्याई बिजय भएको छन् । सोहि वार्डबाट नेपाली काग्रेसलाई मेयरमा १०२८ र नेकपा एमालेलाई ८०० सय मत प्राप्त भएका थिए । २७२२ मतदाता मध्ये सो वडामा २३६५ मतदाताले मत हालेका थिए । सो वडामा नेपाली काग्रेसको पुरै प्यानल नै बिजयी भएको छ । जितपछि कटहरियाका निर्वाचन अधिकृत चन्द्रप्रसाद लुईटेलले निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
योभन्दा अघिको चुनाव २०७४ सालमा सोहि वार्डमा निर्वाचित भएका थिए ।उहाँको पहिलो कार्यकालले सोहि वार्डका सम्पुर्ण जनसमुदायको मन जित्न सफल भए पछि उहाँलाई दोस्रो कार्यकालको लागी जनताहरुले आफ्नो बहुमुल्य मत दिई जिताएका छन ।निर्वाचित वडाअध्यक्ष गुप्ताले दोस्रो कार्यकालको लागी निर्वाचित गराएका आदरणीय जनसमुदायमा हार्दिक नमन तथा अभार प्रकट गरेका थिए ।उहाँले भने यो मेरो जित होईन मलाई जसले आफ्नो बहुमुल्य मत दिई जिताएका छन यो जित उहाँहरुको हो भनी बताए । निर्वाचित गुप्ताले भने मेरो पहिलो कार्यकालमा गरेको कार्य मध्ये केहि कार्य अधुरा रहेका छन ।अधुरा रहेका कार्यलाई पुरा गरि जनताको हकहितमा हुने कार्य उनीहरुको बिचार र समर्थनको सहयोगले गर्ने प्रतिबद्धता समेत जनाए ।
अहिले कटहरिया नगरपालिकामा मेयर पदको उम्मेदवार अजय प्रकाश जैसवालको अग्रता कायम रहेको छ ।कटहरिया नगरपालिकामा नेपाली काग्रेसको नै जित्ने प्रवल सम्भवना रहेको छ ।अहिले कटहरिया नगरपालिका मेयर पदको उम्मेदवार अजय प्रकाश जैसवाल नेकपा एमाले ,नेकपा एकिकृत समाजबादी पार्टी र नेकपा माओबादी पार्टीको भन्दा अगाडी करिब २ हजार भन्दा अग्र स्थानमा रहदैँ आईरहेको छ ।
अहिलेसम्म ६ वटा वडाको परिणाम मध्ये कटहरिया १ मा समाजवादीका भूपेन्द्र महतो,वडा नम्बर २ मा एमालेका हरेन्द्र साह,वडा नम्बर ३ एमालेका श्यामाकान्त यादव,वडा नम्बर ४ मा एमालेका चन्दन कुशवाहा विजयी भईसकेका छन् ।