राैशन चाैधरी
जेठ ०६ ,रौतहट
रौतहटमा धमाधम बिभिन्न पालिकाहरुको मतपरिणाम आउन थालेका छन ।जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकाको वाड तहको मतपरिणाम सार्वजनिक हुन थालेका छन । हिजो बिहिबार देखि कटहरिया नगरपालिकाको वार्ड नंं.७ बगहीको मत गणना सुरु भएको थियो ।शुक्रबार मतगणाना सम्पन हुँदा कटहरिया नगरपालिका–७ बगहीमा कम्युनिष्टको गढलाई तोढदै नेपाली काग्रेसको वडाअध्यक्ष पदमा सहिद आलम बिजय हुनुभएको छ । कडा प्रतिस्पर्दा हुँदा निर्वाचित आलमले ५ सय ६८ मत ल्याएर बिजय हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदको उम्मेदवार समसुदिन आलमलाई फराकिलो १ सय ३३ मतले पराजित गर्दै नव निर्वाचित आलम बिजय भएका छन । नेकपा एसबाट वडाअध्यक्ष पदको उममेदवार समसुदिन आलमले ४ सय ३५ मत प्राप्त गरेका थिए । कटहरिया नगरपालिकाको वार्ड नं.७ बगही वडाअध्यक्ष पदको निर्वाचित आलमको पुरै प्यानल सहित बिजय भएका छन । निर्वाचित आलमको प्यानल सहीतलाई कटहरिया नगरपालिकाको निर्वाचन अधिकृत चन्द्रप्रसाद लुईटेलले प्रमाणपत्र प्रदान गर्नु साथै हार्दिक शुभकमना ब्यतm गरेका थिए ।
कटहरिया नगरपालिकामा कम्युनिष्टहरुले दसकौँ देखि गढ बनाएर राखेको गढलाई नेपाली काग्रेसले तोढदै जित हात पारी आफ्नो परचम लहराएका छन ।जित हात पारेपछि अव कटहरिया नगरपालिकाको वार्ड नं.७ मा बिकासको लहर आउने बताउदै उहाँका समर्थकहरुले खुसियाली मनाएका छन । बाजी हात पार्दै गर्दा उहाँका पार्टीका कार्यकर्ता तथा समर्थकहरुले बिभिन्न बाजागाजा अबिरमाला सहित बिशाल जुलुस निकालेका थिए ।
सोहि बिशाल जुलुुसको क्रममा नव निर्वाचित वडाअध्यक्ष आलमले यो मेरो जित नभएर हामीलाई माया स्नेह प्रेम र आफ्नो बहुमुल्य मत दिई बिजय गराएका सम्पुर्ण आदरणिय बगहीबासिको जनताजनार्धनको जित रहेको बताए ।अव हामि निर्वाचित भएपछि जनताले चाहेको अनुुसार मात्र काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।गत २०७४ सालमा निर्वाचित भएका वडाअध्यक्ष जस्तो काम नगर्ने बताए । अब बगहीको हरेक समस्यालाई समाधान गर्ने र अधुरा रहेको काम पुरा गर्ने प्रतिबद्धता समेत जनाए ।
अहिलेसम्म कटहरिया नगरपालिकाको ६ वटा वडातहको मतपरिणाम आईसकेको छ । ६ ओटा वडातहको मत परिणाम अनुुसार वार्ड नं.१ मा नेकपा एकिकृत समाजबादी ,२ नं.मा एमाले ,३ नं.मा एमाले ,४ नं.मा पनि एमाले ,५ नं.मा नेपाली काग्रेसले जित हात पारेको छन ।