राैशन चाैधरी । जेठ ७ गते
रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका अजयप्रकाश जयसवालले कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका छन् । जयसवालले कुल ७ हजार १ सय ७२ मत ल्याई मेयरमा निर्वाचित भएका हुन ।
जयसवालले आफना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शियाराम कुश्वाहालाई फराकिलो मतान्तरले पराजित गर्दै कटहरियाको मेयरमा निर्वाचित भएका हुन ।
जयसवालले कुश्वाहालाई २ हजार ५ सय ९५ मतले पराजित गरेका हुन । जयसवाल ७१७२ मत प्राप्त गरेका छन् भने कुश्वाहा ४५७७ मत ल्याएका हुन ।
निर्वाचनमा पराजित भएका कुश्वाहा नेकपा एमालेका नेता एवं पुर्व मन्त्री प्रभु साहका निकै लामो समय स्वकीय सचिव बनेर काम गरेका थिए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कुश्वाहा नेकपा माओवादीबाट कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए तर यसवर्षको स्थानीय तहको निर्वाचनमा कुश्वाहालाई नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकाश जयसवालले नराम्ररी पराजित गरेका हुन ।
कुश्वाहालाई जिताउन पुर्व मन्त्री प्रभु साहले अथक प्रयास गरेका थिए तर पनि साहले आफना पुर्व पिए कुश्वाहालाई जिताउन सकेन ।
यसअघि मेयरमा निर्वाचित हुँदा कुश्वाहाले जनताको सेवक नभई मालिक बनेर काम गरेको, तानाशाही प्रवृत्ति देखाएको, जनताको चाहना अनुसारको काम नगरेकोले यसवर्ष जनता उनलाई साथ नदिदा कुश्वाहालाई पराजय भोग्नु परेको बुझिएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका मेयरका संयुक्त उम्मेदवार नश्रुदिन अन्सारीले कुल ३४४०मत प्राप्त गरेका छन ।
यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै रिता देवी यादव निर्वाचित भएकी छन् । उनले ७ हजार ५ सय २० मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार कुन्ती देवीले ४ हजार ५ सय ३७ मत पाएकी छन । रितादेवीले कुन्ति देवीलाई २ हजार ९ सय ८३मतले पराजित गरेकी हुन ।
को हुन त कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित अजयप्रकाश जयसवाल
२०७० सालदेखी राजनीतीमा लागेका अजयप्रकाश जयसवाल अहिले २८ वर्षका मात्र हुन । उनले राजनीती शुरु गरेको ९ वर्ष भइसकेको छ । २८ वर्षे आफना छोटो राजनीतीक यात्राको क्रममा नेता अजयप्रकाश जयसवाल २८ वर्षकै उमेरमा नेपाली कांग्रेसकाबाट कटहरिया नगरपालिकाको मेयर बन्न सफल भएका छन् ।
उनले यसअघिको चुनावमा पनि मेयरमा उठेका थिए तर केही मतले पराजित भएका थिए । मेयरमा पराजित भएपनि उनले हरेस खाएन निरन्तर जनताको सेवामा लागि नै रह्यो । जनताको सेवा गर्न कहिल्यै पछि नहटेका जयसवाल पाँच वर्षको लामो संघर्षपछि यसपटक कटहरियाको मेयरमा निर्वाचित हुन सफल भएका छन ।
आफना कामबाट जनताको मन मष्तिस्कमा बस्न सफल जयसवाललाई प्रभु साहका पुर्व पिए कुश्वाहालाई हराउँदै अजयप्रकाश २८वर्षमै बने कटहरियाका मेयर
राैशन चाैधरी । जेठ ६ गते
रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका अजयप्रकाश जयसवालले कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका छन् । जयसवालले कुल ७ हजार १ सय ७२ मत ल्याई मेयरमा निर्वाचित भएका हुन ।
जयसवालले आफना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शियाराम कुश्वाहालाई फराकिलो मतान्तरले पराजित गर्दै कटहरियाको मेयरमा निर्वाचित भएका हुन ।
जयसवालले कुश्वाहालाई २ हजार ५ सय ९५ मतले पराजित गरेका हुन । जयसवाल ७१७२ मत प्राप्त गरेका छन् भने कुश्वाहा ४५७७ मत ल्याएका हुन ।
निर्वाचनमा पराजित भएका कुश्वाहा नेकपा एमालेका नेता एवं पुर्व मन्त्री प्रभु साहका निकै लामो समय स्वकीय सचिव बनेर काम गरेका थिए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कुश्वाहा नेकपा माओवादीबाट कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए तर यसवर्षको स्थानीय तहको निर्वाचनमा कुश्वाहालाई नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकाश जयसवालले नराम्ररी पराजित गरेका हुन ।
कुश्वाहालाई जिताउन पुर्व मन्त्री प्रभु साहले अथक प्रयास गरेका थिए तर पनि साहले आफना पुर्व पिए कुश्वाहालाई जिताउन सकेन ।
यसअघि मेयरमा निर्वाचित हुँदा कुश्वाहाले जनताको सेवक नभई मालिक बनेर काम गरेको, तानाशाही प्रवृत्ति देखाएको, जनताको चाहना अनुसारको काम नगरेकोले यसवर्ष जनता उनलाई साथ नदिदा कुश्वाहालाई पराजय भोग्नु परेको बुझिएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका मेयरका संयुक्त उम्मेदवार नश्रुदिन अन्सारीले कुल ३४४०मत प्राप्त गरेका छन ।
यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै रिता देवी यादव निर्वाचित भएकी छन् । उनले ७ हजार ५ सय २० मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार कुन्ती देवीले ४ हजार ५ सय ३७ मत पाएकी छन । रितादेवीले कुन्ति देवीलाई २ हजार ९ सय ८३मतले पराजित गरेकी हुन ।
को हुन त कटहरिया नगरपालिकाको नगरवासीले अपार बहुमत दिएर मेयर बनाएका हुन ।
कटहरिया नगरपालिका ९ डुमरीया घर भएका युवा नेता जयसवाल रौतहटको सबभन्दा ठुलो उद्योगपति ओम प्रकाश जयसवाल र आमा रिता देवीको छोरा हुन । नेता जयसवालको बाल्यकालको अवस्था गाउँमा वितेको थियो पछि मित्र गाैरकाे मेमोरियल प्रभात बोर्डिंग स्कुल हुदै विरगंजमा २ कक्षा सम्मको अध्ययन पुरा गरेका थिए । त्यसपछि उनी नेपाल प्रहरी स्कुलमा कक्षा १० सम्मको अध्ययन पुरा गरे । त्यसपछि उनी काठमाडौं काे ACE Instiute BBA/BI गर्नुभएकाे छ । मध्य रौतहट बहुमुखी क्याम्सबाट बैचलर एण्ड पोलटिक्स सम्मको अध्ययन पुरा गरे ।
यसरी उनी उच्च शिक्षा हासिल गर्न सफल भए । कटहरिया बासी यसवर्ष नेता अजय प्रकाश जयसवाल जस्ता शिक्षित, उर्जावान, क्षमतावान, विद्यवान, संघर्षशील, समाजसेवी, एवं काम गर्ने दृढ इच्छा बोकेका मेयर पाएको भन्दै निकै गौरवान्वित भएका छन् ।
आफु जितेपछि केही गरेर देखाउने जस्ता सोच बनाएका नेता जयसवालले अब नगरमा विकासको सवालमा कायापल्ट गर्ने भन्दै स्थानीयहरु निकै खुसी भएका छन् । मेयर र उपमेयर लगायत वडा अध्यक्षलाई प्रमाणपत्र निर्वाचन अधिकृत चन्द्र प्रसाद लुईटेल वितरण गर्नुभएकाे थियाे ।