ओम प्रकाश यादव
जेष्ठ ७ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले जितेको छ ।
माधवनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैजु प्रसाद यादव विजयी भएका छन् ।
माधवनारायण नगरपालिका ६ माधोपुर घरभएका यादव कांग्रेसबाट दोश्रो मेयरको रुपमा निर्वाचित भएका हुन ।
यादवले कुल ४ हजार २ सय ८८ मत ल्याई माधवनारायणको मेयरमा निर्वाचित भएका हुन । उनले आफना निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लिला साहलाई फराकिलो मतान्तरले पराजित गर्दै मेयरमा विजयी हासिल गरेका हुन ।
यादवले साहलाई ९ सय ५६ मतले पराजित गरेका हुन । यादव ४ हजार २८८ मत प्राप्त गर्दा साह ३ हजार ३ सय ३२ मत ल्याएका हुन ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका मेयरका उम्मेदवार विरेन्द्र प्रसाद यादवले कुल ३ हजार १ सय ७१ मत ल्याएका छन भने नेकपा एमालेबाट मेयरमा उठेकी सिमल साह २ हजार ३ सय २६ , नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामबाबु यादवले २ हजार ७५ , नेकपा माओवादी केन्द्रका उम्मेदवार देवनारायण भगतले २ हजार ७ सय ७४ मत ल्याएका हुन ।
यसैगरी उपमेयरमा जनता समाजवादी पार्टीकी निर्मला देवी जयसवाल निर्वाचित भएकी छन् । जयसवाल कुल ३ हजार १६९ मत प्राप्त गर्दै माधवनारायणको उपमेयरमा निर्वाचित भएकी हुन ।
उनले हजार ३ हजार १६९ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी जमुना देवी साहले ३ हजार १५८ मत पाएकी छन ।