राैशन चाैधरी ।
जेठ ७ गते ।
रौतहटको कटहरियामा नेपाली काग्रेसले बिजय जुलुस धुमधामसंग निकालिएको छ । गत बैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा भएको आसन्न स्थानिय तहको चुनावको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लाको बिभिन्न नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतपरिणाम साथै वाडअध्यक्षहरुको परिणाम सार्वजनिक भई आफ्नो कार्यभार पनि सम्हालि सकेका छन भने केहि पालिकाहरुको मत परिणाम सार्वजनिक भई बिजय जुलुस मनाउनमा ब्यस्त रहेका छन् ।त्यसतै जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकामा कम्युनिष्टको गढलाई तोडदैँ नेपाली काग्रेसले भब्य बिजय जुलुस मनाएको छ ।कटहरिया नगरपालिकाको नेपाली काग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका २८ बर्षिय अजय प्रकास जैसवाल ७ हजार १ सय ७२ मतले मेयर पदका निर्वाचित भएका छन । जयसवालको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शियाराम कुश्वाहालाई फराकिलो मतान्तरले पराजित गर्दै कटहरियाको मेयरमा निर्वाचित भएका हुन ।जयसवालले कुश्वाहालाई २ हजार ५ सय ९५ मतले पराजित गरेका हुन । जयसवाल ७१७२ मत प्राप्त गरेका छन् भने कुश्वाहा ४५७७ मत ल्याएका थिए । त्यसै गरि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका मेयरका संयुक्त उम्मेदवार नश्रुदिन अन्सारीले कुल ३४४० मत प्राप्त गरेका थिए ।
यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै रिता देवी यादव निर्वाचित भएकी छिन् । उनले ७ हजार ५ सय २० मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार कुन्ती देवीले ४ हजार ५ सय ३७ मत पाएकी छिन । रिता देवीले कुन्ति देवीलाई २ हजार ९ सय ८३ मतले पराजित गरेकी छिन । उहाँ मेयरमा बिजय हुँदा अब कटहरिया नगरपालिकाको बिकास देखि प्रगती उन्नती हुने बिश्वास लिएका स्थानिय उमाकान्त सहनीले बताएका छन ।
कटहरिया नगरपालिकाका मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुँदा उहाँका समर्थक लगायत कार्यकर्र्ताहरुले धुमधामसंग बिजय जुलुस निकालिएको थियो । मेयर जैसवालले यो बिजय मेरो होईन यो जनताको बिजय हो भन्दै कटहरिया नगरपालिकाको बिभिन्न गाउँगाउँ टोलटोलमा पुगी बृद्धबृद्धाहरुसंग आशिर्वाद ग्रहण गरेका थिए ।उहाँका बिजय जुलुसमा नेता ,शिर्षनेता र कार्यकर्ता गरि हजारौँको संख्यामा बिशाल जुलुस निकालिएको थियो ।बिशाल जुलुुसमा कुनै प्रकारको अप्रिय घटना नघोटस भनि नेपाल प्रहरी ,सशस्त्र प्रहरीले सुरक्षा ब्यबस्था कडा गरिएको थियो ।