राजेश पासवान ।
रौतहट। जेठ ९ गते ।
रौतहटको बृन्दावन नगरपालिका एकीकृत समाजवादी विजयी भएको छ । बृन्दावन नगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोद प्रसाद पटेल विजयी भएका छन् ।
बृन्दावन नगरपालिका वडा नं-६ हर्षाहा घरभएका पटेल एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरको रुपमा निर्वाचित भएका हुन ।
पटेलले कुल ६ हजार १ सय १२ मत ल्याई बृन्दावनको मेयरमा निर्वाचित भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै मेयरमा विजयी हासिल गरेका हुन ।
पटेलले यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन । पटेल ६ हजार १ सय १२ मत प्राप्त गर्दा यादव ४ हजार ६ सय ७८ मत ल्याएका हुन ।
यसैगरी उपमेयरमा एकीकृत समाजवादी पार्टीकी संगिता देवी राम निर्वाचित भएकी छन् । राम कुल ५ हजार ८ सय २५ मत प्राप्त गर्दै बृन्दावनको उपमेयरमा निर्वाचित भएकी हुन ।
उपमेयरमा निर्वाचित राम ५ हजार ८ सय २५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत पाएकी छन ।