राैशन चाैधरी ।
जेष्ठ ९ गते, रौतहट ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधिहरुले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन् ।
कटहरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट निर्वाचित अजय प्रकाश जयसवालले नगर उपप्रमुख रिता देवीसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन ।
यसअघि सोमवार नै नवनिर्वाचित नगर प्रमुख जयसवालले जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत काजी बहादुर राईबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
सपथग्रहण गरेलग्त्तै उनले नगरपालिकाको कार्यालय कटहरिया पुगेर पदभार समेत ग्रहण गरेका छन् ।
कटहरिया नगरपालिकाको कटहरिया स्थित विवाह मण्डप भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा मेयर जयसवालले उपमेयर रिता देवी सहित सबै वडाका जनप्रतिनिधिहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।
उनले कांग्रेसबाटै उपमेयरमा निर्वाचित रिता देवीसहित वडा नं १ को वडा अध्यक्षमा निर्वाचित भुपेन्द्र महतो कोइरी, २ को वडा अध्यक्षमा निर्वाचित हरेन्द्र साह, ३ को वडा अध्यक्षमा निर्वाचित श्यामाकान्त यादव, ४ को वडा अध्यक्षमा निर्वाचित चन्दन कुश्वाहा, ५ को वडा अध्यक्षमा निर्वाचित सर्फलाल गुप्ता, ६ को वडा अध्यक्षमा निर्वाचित जयराम चौधरी, ७ को वडा अध्यक्षमा निर्वाचित शहिद आलम, ८ को वडा अध्यक्षमा निर्वाचित शमिस बिक्रम साह र ९ को वडा अध्यक्षमा निर्वाचित रुपेश यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
सपथग्रहण गरेसँगै जनप्रतिनिधिहरु आ आफना कार्यालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन ।
मेयर जैसवालकाे पहिलाे काम कटहरिया जनता मा०वि०मा यस वर्ष १ देखी १० कक्षा सम्म अग्रेजि भाषा पठन पाठन हुने वाहाकाे घाेषणा छ ।
नवनिर्वाचित पालिका उपप्रमुख सहितका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउँदै नगर प्रमुख अजय प्रकाश जयसवालले जनताको मर्म र भावना अनुसारको काम गर्न नवनिर्वाचित जनप्रतिनिहरुलाई आग्रह गरेका थिए ।
जयसवालले पार्टी, जाति र व्यक्तिगत एजेण्डा भन्दा माथी उठेर कसैको पक्ष विपक्षमा नगई निस्वार्थ भावनाले जनताको मत जित्ने गरी कार्य गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका हुन ।
उनले जनताले विकास निर्माण लगाएत कार्यको अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।
पदभार ग्रहण पछि नवनिर्वाचित जनप्रतिनिधिले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र पालिकाका जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण पश्चात् बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन् ।
पद तथा गोपनियताको सपथग्रहण गरेपछि सोमवार नै पदभार ग्रहण गर्दै नगर प्रमुख जयसवालले कटहरिया नगरलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी नगरलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।
आफु जनताको मालिक नबनी सेव कबनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
आफु शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माण लगाएत कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
यसैविच दुर्गाभगवती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि सोमवार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा निर्वाचित शम्भु सिंहले नगरका उपप्रमुख सहित नवनिर्वाचित सबै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथग्रहण गराएका हुन । साे कार्यक्रमकाे उदघाेषण कटहरिया नगरपालिकाकाे कार्यालय प्रमुख रामप्रकाश साहले गरेकाे थियाे । निर्वाचन अधिकृत रामचन्द्र लुईटेलले सम्पुर्ण राजनेतिक दलका जनप्रतिनिधि ,मतदाता,पत्रकारलाई निर्वाचनमा सहयाेग गरेकाेमा सबैलाई धन्यवाद दिनुभएकाे थियाे ।