कृष्ण तिवारी । जेठ १० गते ।
रौतहटको गुजरा नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
गत बैशाख ३० गते स्थानिय तह निर्वाचन सम्पन्न भए पश्चायत अन्तिम मत परिणाम सार्वजनिक भई निर्वाचन भएको सात दिन भित्र अध्यक्ष वा प्रमुखले जिल्ला न्यायधिश बाट शपथ लिनु पर्ने र अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिन भित्र उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यहरुले शपथ लिनु पर्ने कानूनी व्यवस्था अनुसार मंगल वार गुजरा नगरपालिकामा पनि मेयर पदमा निर्वाचित सन्त लाल चौधरी ले उपमेयर वडा अध्यक्ष र वडाका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।नव निर्वाचित सन्तलाल चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल, इन्जिनियर प्रवीण चौधरी लगायतले
महत्वपुर्ण मन्तव्य राखेका थिए ।रौतहटको गुजरा नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख ( मेयर) सन्तलाल प्रसाद चाैधरी र नगर उपप्रमुख ( उपमेयर) रत्न लामा तथा सम्पुर्ण वडा अध्यक्ष ,सदस्यहरू आज पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै पदभार पनि ग्रहण गरेका छन्। पदभार ग्रहण गरे सँगै दुवैजना नगरको कार्यभार सम्हालदै आफ्नो मन्तव्य नगरवासीलाई सम्बाेधन गरेकाे छ ।
नगरपालिकाका नगर प्रमुख सन्तलाल चाैधरीले नगरपालिकाको जनताहरु प्रति बफादार भई दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताए । मेयर चाैधरीले भने विगतका दिनहरुमा के भयो के भएन, त्यसको पछि नलागि आउदो दिनमा कसरी पालिकावासीहरुलाइ समृद्ध बनाउन सकिन्छ त्यस तर्फ क्रियाशिल भएर विना भेदभाव जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै दैनिय रहेको महसुस गर्दै त्यसमा सुधार ल्याई गुणस्तरिय शिक्षा र समुचित स्वास्थ्यको प्रबन्ध मिलाउनु प्रमुख जिम्मेवारी रहेको बताउर्दै उनले यस भेगका किसानहरुलाई समयमा मल र विउ उपलब्ध गराउनुका साथै बाटोघाटो सिंचाईको सुविधा पनि प्राथमिकताको सुचीमा रहेको स्पष्ट पारे ।पदभार ग्रहण लगत्तै नगर प्रमुख चौधरी लेउत्तरदायी स्थानिय सरकारको मान्यता स्थापित गर्न उद्योगका लागि बैकल्पिक बाटोको व्यवस्थापन, सहिद÷बेपत्ता÷घाइते अपाङ्ग÷विपन्न परिवारलाई प्राविधिक शिक्षामा छात्रवृतीको व्यवस्था, कृषकहरुलाई मल÷विउ÷ तथा प्राविधिक सहायता व्यवस्था गर्ने, विद्यालयहरुमा क्रमश मन्टेस्वरी कक्षा सञ्चालनको व्यवस्था गर्ने र आवस्यक्त अनुसारको व्यवस्था गर्ने, वेरोजगार युवाहरुलाई व्यावसायीक तालिमको व्यस्था, पूर्ण वुद्युतिकरणको लागि आवस्यक पहल गर्ने लगायतका थुप्रै जनपक्षिय निर्णयहरु निर्णयार्थ प्रस्तुत गरेका थिए ।