बगहीका वडा अध्यक्ष शहिद आलम द्धारा पदभार ग्रहण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

राैशन चाैधरी
जेष्ठ ११ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नं ७ बगहीका निर्वाचित वडा अध्यक्ष शहिद आलमले वुधवारका दिन पदभार ग्रहण गरेका छन ।
साे कार्यक्रममा वडा सचिव जयराम चाैधरीले नव निर्वाचित वडा अध्यक्षलाई कार्यालयमा स्वागत गरेकाे थियाे ।
नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश जयसवालले पद तथा गोपनियताको सपथग्रहण गरेलग्त्तै बुधवारका दिन वडा अध्यक्ष आलमले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेपाली कांग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष आलमले आजदेखी पाँच वर्षको लागि बगही गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका आलमलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै आलमले आउँदो पाँच वर्षभित्रमा वडा नं ७ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।
गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए।
आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
आफु शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माण लगाएत कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
उनले आगामी दिनमा जनअपेक्षा अनुसार काम हुने बताए । उनले समस्या चाडो भन्दा चाडो सामाधान गर्ने गरी काम अगाडी बढाउने बताए । कार्यक्रम मुखि भन्दा पनि जनतामुखि कामलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस