राजेश पासवान (निर्माणी)
रौतहट । वृन्दापन नगरपालिकाका नवनिर्वाचित प्रमुख विनोद प्रसाद कुर्मीले ग्रहण गरेका छन् । बुधबार जिल्ला निर्वाचन कार्यालय गौरमा पद तथा गोपनियताको सपथ गरेपछि कुर्मीले पदभार ग्रहण गरेका हुन् ।
नगर प्रमुखका रूपमा पदभार ग्रहणसँगै प्रमुख कुर्मीले दुई महत्वपूर्ण निर्णय गरे ।
उनले पहिलो निर्णयको रुपमा वृन्दावन क्षेत्र अन्तर्गत संचालित रहेका बर्थिङ सेन्टरहरुलाई आवश्यक उपकरण सहित व्यवस्थित गरि निशुल्क रुपमा गर्भपरिक्षणको साथै प्रसुती सेवा उपलब्ध गराउने र सो नगरपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउन न सक्दा अन्यत्र लइजानुपर्ने अवस्था सिर्जना भएमा तत्काल नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
त्यसैगरी दोश्रो निर्णयको रुपमा उनले सो नगरपालिका भित्रबाट संपादन हुने पन्जिकरण,जन्मदर्ता,विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस समेत नि:शुल्क गराइने व्यवस्था निर्णय गरेका छन्।
नवनिर्वाचित मेयर राउतले नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दे नगरपालिका भित्र रहेका सम्पूर्ण बिधालय,स्वास्थ्य चौकी लगायत सम्बन्धित सम्पूर्ण कार्यालयहरुमा कार्यरत करेचारीहरुलाई कसैको डर,धाक र प्रलोभनमा न परी पुर्ण ईमानदारीताका साथ कामकाज गर्न आग्रह गर्नुभयो ।
साथै उक्त नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई आफ्नो काम कर्तव्य र समयको ख्याल गरि १० बजे देखि ५ बजेसम्म डिउटी गर्नै पर्ने रहेकोेले सो कुरामा ध्यान दिई कामकाज गर्न आदेश गर्दै यदी कुनै पनि कर्मचारीले सो कुराको उलङघन गरि आफ्नो काम र कर्तव्यको ख्याल नगरी समयमा टिउटी आएन भने, आफू सो कर्मचारीलाई क्षम्य न गर्ने चेतावनी समेत दिए।