राैशन चाैधरी
जेष्ठ १२ गते ।
रौतहटको कटहरिया नगरपालिका १ भसेढवामा अर्कोको जग्गाकाे अगाडि अब्यवस्थित बाटाेमा घर बसोवास गर्दै आएका ४ जनाको घर भत्काइएको छ ।
अर्काको बाटाे कब्जा गरी अव्यवस्थित रुपमा वर्षोदेखी घर बनाई बसोवास गर्दै आएका भसेढवाका देवनारायण यादव र अन्य तिन जनाको घर भत्काईएको छ ।
जिल्ला अदालत रौतहटको आदेशमा प्रहरीले यादवको घर डोजर लगाई भत्काइदिएको छ ।
स्थानीय विजय यादवको नाममा रहेको सो जग्गा खाली गराउन देवनारायण यादवलाई पटक पटक ताकेदा गर्दा पनि खाली नगरेकोले बाध्य भएर डोजर लगाई घर भत्काई जग्गा खाली गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतको प्रतिनिधि र प्रशासनको रोहबरमा डोजरबाट घर हटाईएको जग्गा धनि बिजय यादवले बताए ।
अदालतको आदेश अनुसार उक्त जग्गामा बनाइएको खपडाको घर हटाई जग्गा खाली गराइएको छ तर कटहरिया नगरपालिकाका वडा अध्यक्ष चन्दन कुश्वाहाले कटहरियाका नवनिर्वाचित मेयर अजय प्रकाश जयसवालले गरिव जनताको घरमाथी डोजर लगाई घर भत्काएर अन्याय गरेको भन्दै कुप्रचार गरेको पाइएको छ ।
मेयर अजय प्रकाशलाई बदनाम गर्ने उद्देश्यले एमाले नेता समेत रहेका वडा अध्यक्ष चन्दनले समाजिक सञ्जालमा स्टाटस लेखेर जनतालाई भ्रमित गर्ने काम गरेको पाइएको छ ।
अदालतको आदेशमा खाली गराइएको जग्गाको विषयमा बलजबरजस्ती मेयर अजय प्रकाशको नाम जोडेर अजयले नै गरिवमाथी अन्याय गरेको भन्दै वडा अध्यक्ष चन्दनले गरेको गलत प्रचारबाजीको पछि नलाग्न कटहरिया नगरपालिकाकाे नगर प्रमुख जैसवालले सबैलाई आग्रह गरेको छ ।