राैशन चाैधरी । जेठ १२ गते ।
नेकपा एमालेका नव निर्वाचित मेयर कन्थमनी प्रसाद जैसवालले रोमाञ्चक जीत हात पारेपछि बिहिवार मेयरका समर्थक तथा आम जनसमुदायको बिशाल सहभागितामा मेयर जैसवालको बिजय जुलुस निकालिएको थियो ।
रौतहटको मध्यभाग गरुडा नगरपालिकाकाे
विजयी र्याली मनाउने क्रममा उनले गरुडा नगरपलिकाको आम मत दाता लाई मेयर जैसवालले आफुलाई अमुल्य मत दिई निर्वाचित गराएकोमा विशेष धन्यवाद ब्यक्त गरेका छन। तपाई हरुको मतको उच्च कदर गर्दै गरुडा नगरपालिका लाई रौतहट मै नमुना नगर बनाउन कुनै कसर बाकी न राख्ने प्रतिबद्धता जाहिर गरेका छन । आम मत दाताले दिएको मतको उच्च मुल्यांकन गर्दै गरुडा नगर लाई समृद्ध, सुखी र बिकास पुर्वाधार लगायतको काममा विशेष जोद दिने बताए ।
गरुडा नगरपालिकाको मेयर कन्थमनी जैसवालले कुल ४ हजार ५ सय ६५ मत ल्याई गरुडाको मेयरमा निर्वाचित भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृज किशोर यादवलाई झिनो मतान्तरले पराजित गर्दै मेयरमा विजयी हासिल गरेका हुन ।
जैसवालले यादवलाई ३८ मतले पराजित गरेका हुन । यादवले ४ हजार ५ सय २६ मत प्राप्त गर्दा जैसवालले ४ हजार ५ सय ६५ मत ल्याएका हुन ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका तर्फबाट स्व.मनोज चौधरीको श्रीमति पुनम चौधरी निर्वाचित भएकी छन् । चौधरी कुल ६ हजार ७ सय ०३ मत प्राप्त गर्दै गरुडाको उपमेयरमा निर्वाचित भएकी हुन ।
उपमेयरमा निर्वाचित चौधरी ६ हजार ७ सय ०३ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीकी बिन्दु कुमारी देवीले ४ हजार ४ सय ७७ मत पाएकी छन ।
मेयर जैसवालले आफ्नो निजि निवास गरुडामा आयोजना गरेको शुभकामना अदानप्रदान तथा विजयी उत्सव कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचित मेयर जैसवाल लाई बधाई दिदै रौतहटको प्रसिद्ध नगरी गरुडामा पनि नेकपा एमालेको रोमाञ्चक जीत भएको जिकिर गरेका हुन।
मेयर पदमा निर्वाचित कन्थमनी जयसवालको जीतले समग्र गरुडा नगरबासीको जीत भएको छ। गरुडा नगरवासी आमजनताको हक-अधिकार, न्याय, सम्मान, सुख, शान्ति, समृद्धि एवं विकासको लक्ष्य प्राप्ति गर्ने दिशामा ऐतिहासिक सफलता मिलोस् भन्ने शुभेच्छा सहित मेयर जयसवाल संग संगैं मधेश प्रदेशमा सत्ताधारी गठबन्धनको तर्फबाट भएगरेका सबै खाले षडयंत्र, जालझेल, अस्वस्थ प्रतिस्पर्धा एवं घेराबन्दीलाई तोड्दै विकास एवं न्यायप्रेमी आमजनताको आफ्नै पार्टी एमालेबाट नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई एकमुष्ट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना पुर्वमन्त्री साहले व्यक्त गर्नुभयो।