निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा राजमार्ग अबरुद्ध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा राजमार्ग अबरुद्ध

बारा १३ जेठ ।  सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा निजगढमा पौने घण्टा राजमार्ग अबरुद्ध भएको छ ।

स्वतन्त्र युवा विद्यार्थि निजगढ सरोकार मञ्चले महेन्द्र राजमार्गको निजगढमा बिहान ८ बजेदेखि पौने घण्टा राजमार्ग अबरुद्ध गरेका हुन ।

राजमार्ग अबरोधले सयौ सवारी आवागमनमा समस्या भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता पेमासिद्धि लामाले मधेश र सिगो देशको हक र हितमा रहेको दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल वनाउन सर्बोच्च अदालतले गरेको निर्णय गलत रहेकोले सच्चाउन माग गरे । एमालेका तिलक घलान, जयराम कुवर, माओवादी केन्द्रका कुमार लामा, राप्रपाका बासु तिमल्सिना लगायतले अदालतको निर्णय गलत रहेकोले सच्चाउन माग गरे । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजाने समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस