रमेश कुमार यादब
जेठ १३ ,रौतहट
रौतहट जिल्लाको बृन्दावनमा शपथ ग्रहण समारोह कार्यक्रम सम्पन भएको छ ।चुनाव सकिएपछि सपथ ग्रहण गर्ने प्राबधान रहेको हुँदा शुक्रबार सम्पुर्ण निर्वाचितहरुलाई सपथ खुवाएका थिए । जिल्लाको पुर्वी भेगमा पर्ने बृन्दावन नगरपालिकामा नव निर्वाचित उपमेयर सहित जनप्रतिनिधिहरुलाई शुक्रबार एक समारोहका विच नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । बृन्दावन नगरपाकिलामा नव निर्मित अस्पतालको प्राङ्गणमा आयोजित सपथ ग्रहण समारोहमा उपमेयर संगिता कुमारी राम सहित वडाअध्यक्षहरुलाई शपथ गराएका थिए । पद तथा गोपनियताको शपथ ग्रहणमा बृन्दावन नगरपालिकाका वार्ड नं.१ का वडाअध्यक्ष राम नाथ सहनी ,वार्ड नं.२ का वडाअध्यक्ष सिकिन्द्र प्रसाद कुर्मि ,वार्ड नं.३ का वडाअध्यक्ष हरि नरायण साह ,वार्ड नं.४ का वडाअध्यक्ष श्यामनन्दन यादब ,वार्ड नं.५ का वडाअध्यक्ष फेकु दास ,वार्ड नं.६ का वडाअध्यक्ष मजहर मंसुर ,वार्ड नं.७ का वडाअध्यक्ष जग्रनाथ पाल भेडिहर ,वार्ड नं.८ वडाअध्यक्ष रबिन्द्र प्रसाद साह ,वार्ड नदेखि ९ को वडाअध्यक्ष प्रबेज आलम सहित वार्डका महिला सदस्य तथा पुरुष सदस्यहरुलाई नगरपालिकाका नगर प्रमुख कुर्मिले पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथ खुवाएपछि नगरपालिकाका नगर प्रमुख कुर्मिले भने कि हाम्रो नगरपालिकाको नाम एक ऐतिहासिक धार्मिक नामले प्रचलित रहेको नाम हो यस नगरपालिकामा बिगतका दिन जे भयो भयो अव देखि धार्मिक नाम जस्तै सपथ ग्रहण गर्नु भएका सम्पुर्ण निर्वाचित जनप्रतिनिधि लगायत वाडका वाड सदस्यहरु आज देखि यो बृन्दावनबाट भ्रष्टाचार ,लुटतन्त्र जस्ता शब्दहरु आजैबाट जडदेखि उखाडेर फ्यालन आग्रह समेत गरे ।भगवान कृष्णको पावन धर्ति बृन्दावन जस्तो पावन नाम हाम्रो नगरपालिकाको नाम रहेको हुँदा त्यहाँका मानिस जस्तो सच्चा र ईमान्दार भई त्यो भन्दा झन ठुलो पहिचान बनाउन अपिल समेत गरेका थिए ।चुनावमा जितेर आएका जनप्रतिनिधिहरु नगरपालिकाको जनताहरु प्रति बफादार भई दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने आग्रह गरे । मधेश जन अवाज एफ.एमको समाचार बाचक रमेश कुमार यादबसंग कुरा गर्दै मेयर कुर्मिले भने विगतका दिनहरुमा के भयो के भएन, त्यसको पछि नलागि आउदो दिनमा कसरी पालिकावासीहरुलाइ समृद्ध बनाउन सकिन्छ त्यस तर्फ क्रियाशिल भएर विना भेदभाव जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै दैनिय रहेको महसुस गर्दै त्यसमा सुधार ल्याई गुणस्तरिय शिक्षा र समुचित स्वास्थ्यको प्रबन्ध मिलाउनु प्रमुख जिम्मेवारी रहेको बताउर्दै उनले यस भेगका किसानहरुलाई समयमा मल र विउ उपलब्ध गराउनुका साथै बाटोघाटो सिंचाईको सुविधा पनि प्राथमिकताको सुचीमा रहेको स्पष्ट पारे ।
यो पालिका जनप्रतिनिधिको मात्रै नभई सम्पूर्ण नागरिकको भएको हुँदा समय समयमा आवश्यक राय सुझाव सल्लाह लिई बिकासको प्रक्रियामा साथ दिन समेत अपिल उनले गरे ।साथै नगरपालिकामा रहेका कर्मचारीहरुको गुनासो समेत सुनेका थिए ।तर नेपाल सरकारले लागु गरेको नियम अनुसार काम गर्न हार्दिक अपिल समेत गरेका थिए । कर्मचारीहरुलाई कार्यालयको समय बिहान ९ बजे देखि बेलुकाको ५ बजेसम्म का मगर्न र्निदेशन समेत दिएका थिए ।यस नगरपालिकामा जति पनि कर्मचारी रहेका छन जुन म किन नहोस अथवा प्रशासकिय अधिकृत किन नहोस कार्यालय बमोजिम कार्यबाही हुने समेत जनाए ।
आम नगरिकहरुलाई कुनै प्रकारको दुख नदिई सम्पुर्ण सेवा सजिलो र सुलभ तरिकाले दिन र्निेदेशन समेत दिए ।
सोहि प्रशंगमा बोल्दै मेयर कुर्मिले जिल्लाको बृन्दावन खोरमा रहेको सिमसारलाई पर्यटकिय क्षेत्र बनाउन योजना पनि रहेको बताए ।
सपथ ग्रहण कार्यक्रममा उहाँले यो नगरपालिका गर्भबति महिलाहरुलाई समस्याहरु गरिब पिडितहरु बाहिर जान समेत बाध्यता रहेको बताए ।बाहिर जान बाध्यता हटाउन आफ्नैँ नगरपालिकामा बर्थिङ सेन्टरको हाम्रो प्रबन्ध गर्ने र आवश्यक उपकरण सहित व्यवस्थित गरि निशुल्क रुपमा गर्भपरिक्षणको साथै प्रसुती सेवा उपलब्ध गराउने र सो नगरपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसक्दा बाहिर लैजानु पर्ने अवस्था सिर्जना भएमा तत्काल निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए ।सपथ ग्रहण कार्यक्रमलाई सन्चालन बृन्दावन नगरपालिकाका नायब सुब्बा हरि प्रसाद दुलालले गर्नु भएको थियो ।
नेकपा एकिकृत समाजबादी पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार बिनोद प्रसाद कुर्मीले ६ हजार १ सय १२ मत र उपप्रमुख पदमा संगीता कुमारी रामले ५ हजार ७ सय ७२ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।