सागर संगम ठाकुर रौतहट । जेठ १३ गते
रौतहटको देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रेमलाल साहले शुक्रवार नवनिर्वाचित उपमेयर परनिया देवी पटेल, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई एक कार्यक्रमका बीच पद तथा गोप्यनियताको शपथ ग्रहण गराएका छन।
नगरपालिकाका नव निर्मित नगरपालिकाको सभा हलमा आयाेजित सपथ ग्रहण कार्यक्रममा नगर प्रमुखमा निर्वाचित साहले उप प्रमुख परनिया देवी पटेल र सम्पूर्ण निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई एकमुष्ट सपथ खुवाएका थिए । गएको बुधबार जिल्ला न्यायाधीश काजीबहादुर राईसँग मुख्य निर्वाचन आयुक्तकाे कार्यलय गौरमा शपथ लिएपछि पदभार ग्रहण गरेका मेयर साहले नगरकाे लागि सराहनीय कार्यहरुकाे घाेषणा गर्नु भएको थियोे ।
नगर प्रमुखका रुपमा पहिलो सम्बोधन गर्दै साहले नगरभरीका प्रत्येक घर धुरीलाई २० युनिट सम्म निशुल्क बिधुत दिने र किसान तर्फ सिचाइका लागि पनि बिधुत निशुल्क गर्ने बताए।नगरबासीले ठुलो आशा र भराेषा गरि आफुलाई बहुमुल्य मत दिएर विजयी बनाएको भन्दै जनताको सेवामा कुनै कन्जुस्याइँ नगरि निरन्तर काम काज गरिने बताउनु भयाे । वहाले नगर लाई समृद्ध नगर र सुखी र नगरकाे निमित्त बिकास पुर्वाधारको काममा विशेष जोड दिने साहले बताए।
त्यस्तै पद तथा गाेपनियताकाे ग्रहण पश्चात् पदभार ग्रहण गरिदै उप प्रमुख परनिया देवी पटेलले नगर भरिका प्रत्येक गर्भवती महिलाहरुलाई चेकजाच गर्नकाे लागि अल्ट्रासाउड मेसिन खरिद गरि जडान गरिने बताउनु भयो ।
साथै वहाले नगरपालिका भरीमा एउटामात्र रहेको नमुना बिधालय श्री जय किसान माबिमा अग्रेजी मेडियममा पठनपाठन चाडैं गराउने जाेड दिनु भयाे ।गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकाे भन्दै छिटोभन्दा छिटो अंग्रेजी माध्यममा पठनपाठन संचालन गरिने बताए ।
पटेलले किषीमा अधारित किसानहरूको लागि माेटर जडान गरि बिधुत नि:शुल्क गरिने बताएकी छिन ।सपथ ग्रहण कार्यक्रममा :- नव निर्वाचित सम्पुर्ण वडा अध्यक्ष र सदस्यहरु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज यादव, लेखा प्रमुख प्रदिप यादव योजना प्रमुख मुकेश पटेल ईलाका प्रहरी कार्यलय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साह, शस्त्र प्रहरी बल देवाही गाेनाहीका प्रमुख चुनु राज थपा सहित स्थानीय नेता भद्र भलादमी पत्रकार लगायतको सहभागितामा कार्यक्रम संम्पन भएको थियो ।