कृष्ण तिवारी । जेठ १३ गते ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन । गढिमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्याम यादव ले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
। नगरपालिका कार्यालय परिसरमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख जनप्रतिनिधिहरुलाई सपथ खुवाउदै नगरप्रमुख श्यामप्रसाद यादवले नगरको विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने विचार प्रकट गरे । अधुरा योजनाहरुलाई पूरा गराउने अभिभारा रहेको जिकिर गर्दै उनले पहिलो प्राथमिकता किसानहरुलाई दिने बताए ।
नगरको किसानहरुलाई सिंचाइ गर्न विद्युतिय मोटर जडान गराई विद्युत महसुल नगरपालिकाबाट तिर्ने व्यवस्था मिलाउने त्यसको लागि आवश्यकता परेको किसानहरु नगरपालिकामा सम्पर्क राख्न अपिल गरे । निर्वाचन सकिसकेको हुदा राजनीति भन्दा माथि उठेर विकास निर्माण को कार्यमा सहयोग गर्नुपर्ने बताए ।
सपथग्रहण समारोहमा नवनिर्वाचित वडाध्यक्ष, सदस्य सहित स्थानिय बासिन्दा हरुको उपस्थिति रहेको थियो ।