अमरेस कुमार पाण्डेय। जेष्ठ १३
कलैया बारा
सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनीले आर्थिक वर्ष २०७८/०७९ मा ५३ करोड ८५ लाख १८ हजार ५८० रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गर्न सफल भएको छ ।
मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले बताए ।
डिआईजी मगरका अनुसार सोही अवधिमा १ करोड ५२ लाख ९८ हजार ३९० रुपैयाँ बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका चौपाय मधेस प्रदेशका विभिन्न नाका स्थानबाट बरामद गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले बताए ।
मधेश प्रदेशका आठै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३८४.९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरिएको डिआइजी मगर ले बताए।
३१.९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५२१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको डिआइजी मगर ले बताए।
सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले उपलब्ध गराएको तथ्यांकअनुसार सोही अवधिमा २६ लाख ९८ हजार ७५७ रुपैयाँ बराबरको सुनचाँदी बरादम गरिएको छ । अवैध रुपमा ल्याइएको १७ लाख ५९ हजार ७०१ भरतीय मुद्रा र २ करोड ५४ लाख १२८ नेपाली मुद्रा बरामद गरिएको तथ्यांकमा उल्लेख छ । ७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागम पनि बरामद गरिएको डिआईजी मगरले बताए।
सस्त्र प्रहरी बल नेपालले बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २१३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको डिआईजी मगरले बताए ।
चालु आर्थिक वर्षमा सबै गरेर अर्बाै बराबरको राजस्व दाखिला गर्न सफल भएको डिआईजी मगरको भनाई रहेको छ ।