राजेश पासवान (निर्माणी)
रौतहट – जेठ १५ गते अर्थात आजैको दिन नेपालमा गणतन्त्र स्थापना भएकोले आइतबार देशभर सहित वृन्दावन नगरपालिकामा पनि विषेश कार्यक्रम गरि गणतन्त्र दिवस मनाइएको छ ।
वृन्दावन नगरपालिकाको कार्यालयस्थित आज १५ औं गणतन्त्र दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिएको थियो।
कार्यक्रममा वृन्दावनका नगर प्रमुख तथा नगर उपप्रमुख लगायत निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले देशको लागि विभिन्न कालखण्डमा लडनेक्रम ज्यान गुमाइ सहिद भएका वीर सहितहरु प्रति नमन गरि,वीर सहिदहरुको नाममा नेपालको राष्ट्रिय झण्डा फहराउदै फुल अबिरले सम्मान गरेका थिए ।
त्यसैगरी सो अवसरमा नगरपालिकाको प्राङ्गणमा नगरलाई स्वच्छ वातावरण र पर्यावरण हराभरा बनाउने लक्ष्यको साथ निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले वीर सहिदको नाममा वृक्षरोपण पनि गर्नुभएको थियो।
वृक्षारोपण पश्चात नगर पेरमुख कुर्मीले नगरपालिकाको प्रङ्गणमा आफ्नो छोटो मन्तव्य राख्दै सबैले बोल्ने अधिकार,सबै ठाउँमा पहुँच हुन सक्ने अधिकार,आफ्नो हकअधिकार खोज्न सक्ने अधिकार,दलित, जनजाति, पिछडावर्ग लगायतको समुदायलाई साम्मान अधिकार दिदै आफ्नो स्वतन्त्रता कायम गर्नसक्ने अधिकार दिनमा सबभन्दा ठूलो योगदान गणतन्त्रको रहेकोले सो गणतन्त्र वीर सहिदहरुलेनै ल्याउनुभएकोले देशमा साना देखि ठूला कुनै पनि परिवारको सदस्यले मुलुकको सबै स्थानमा भाग लिन पाइरहेको बताए ।
साथै नगरप्रमुख कुर्मीले वृन्दावन नगरलाई जुन उदेश्यले वृ्दावन नामाकरण गरिएको छ , वास्तवमा सो नामलाई चारैतिर वृक्षारोपण गरि शुद्ध वातावरण, स्वच्छ नगर, समृद्धि समुदाय र विकसित नगर बनाउने मुख्य योजनाको साथ जनजनको सहयोगले अवस्य पूरा हुने बताए ।
उक्त समारोहमा नवनिर्वाचित नगरप्रमुख विनोद प्रसाद कुर्मी,नगर उपप्रमुख संगिता कुमारी राम,वडा नम्बर १ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नम्बर ६ का वडा अध्यक्ष मजर मनसुरी,वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नम्बर ८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह,वडा नम्बर ९ का वडा अध्यक्ष शेख प्रवेज आलम र वडा नम्बर ५ का वडा अध्यक्ष फेकुदास लगायत निर्वाचित सम्पूर्ण वडा सदस्यहरुको पनि उपस्थित रहेको थियोे ।
कार्यक्रममा सबैजनाले वीर सहिदको नाममा पुष्प अबिर चढाइ वृक्षारोपण कार्यक्रममा भाग लिनुभएको थियोे ।