सागर संगम ठाकुर, रौतहट । जेठ १६ गते
रौतहटको देवाही गाेनाही नगरपालिका वडा नं ९ धरहरीका नव निर्वाचित वडा अध्यक्ष वीर बहादुर साहले आज पदभार ग्रहण गरेका छन ।वडा अध्यक्ष साहले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन ।नेकपा एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष साहले आजदेखी पाँच वर्षको लागि धरहरी गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका साहलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।वडा अध्यक्षको कार्यभार सम्हाल्दै साहले आउँदो पाँच वर्षभित्रमा वडा नं ९ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।साथै वडामा भईरहेकाे बिधुत चुहावटलाई नियन्त्रण गर्नकाे लागि नि:शुल्क बिधुत मिटर जडान गरिने वडामा रहेका अशक्त तथा अपांग ब्यक्तिलाई घर घरमै गएर समाजिक सुरक्षा भत्ता उपलब्ध गराउने समेत प्रतिव्धता जनाउनु भयाे ।वहाले वडाका गरिब बिपन्न बिधार्थी तथा बैदेशीक राेजगारीमा गएकाहरुलाई लक्षित गरि ठाउँ ठाउँमा वाईफाई ईन्टरनेट जडान गरिने बताउनु भयाे ।स्वास्थ्यकाे क्षेत्रमा चिनी तथा बल्डप्रेसरका बिरामीहरुलाई नगरपालिका वा स्वास्थ्य सस्थाबाट नि:शुल्क ओैषधी उपलब्ध गराईने र स्वास्थ्य बिमा कार्यलाई चाडैं संचालनमा ल्याउने तर्फ आफू अगाडि बढने उदघाेष गर्नु भयाे ।धरहरीमा रहेको श्री जय किसान नमुना माबिमा गुणस्तरीय शिक्षा प्रति पुर्ण प्रतिवध्द रहेकाे भन्दै त्यसका लागि दक्ष अनुभवी शिक्षकहरुकाे ब्यवस्थापन गरिने वहाले बताउनु भयाे ।शिक्षा र स्वास्थ्यमा विशेष लगानी गरिने आफ्नो मुख्य एजेन्डा रहेको भन्दै त्यसमा कुनै कन्जुस्याइँ नगरिने ठाेकुवा गर्नु भयाे ।जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामै चिनाउने गरी विकास निर्माणका कार्य गरिने उनले बताए ।आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे । पदभार ग्रहण कार्यक्रममा स्थानीय भद्रभलाद्मी पत्रकार लगाएत हजारौं व्यक्ति को उपस्तिथि रहेका थिए।