रमेश कुमार यादब
जेठ १६ ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा शपथ ग्रहण समारोह कार्यक्रम सम्पन भएको छ ।चुनाव सकिएपछि सपथ ग्रहण गर्ने प्राबधान रहेको हुँदा सोमबार सम्पुर्ण नव निर्वाचितहरुलाई सपथ खुवाएका थिए । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारीक नगर भनि चिन्निने गरुडा नगरपालिकामा नव निर्वाचित उपमेयर सहित जनप्रतिनिधिहरुलाई सोमबार एक समारोहका विच नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद जैसवालले पद तथा गोपनियताको सपथ खुवाएका छन् । गरुडा नगरपालिकाको सभा हलमा आयोजित सपथ ग्रहण समारोहमा उपमेयर पुनम चौधरी सहित वडाअध्यक्षहरुलाई शपथ गराएका थिए ।पद तथा गोपनियताको शपथ ग्रहणमा गरुडा नगरपालिकाका वार्ड नं.१ का वडाअध्यक्ष शेख वाहब ,वार्ड नं.२ का वडाअध्यक्ष कुष्णनन्दन सहिनी ,वार्ड नं.३ का वडाअध्यक्ष अम्बिका सहनी ,वार्ड नं.४ का वडाअध्यक्ष सुनिल जयसवाल ,वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद जैसवाल ,वार्ड नं.६ का वडाअध्यक्ष रामबाबु चौ्रधरी ,वार्ड नं.७ का वडाअध्यक्ष प्रबिण सिंह यादब ,वार्ड नं.८ वडाअध्यक्ष बशिष्ठ राय यादब ,वार्ड नं. ९ को वडाअध्यक्ष राजेश कुमार सहनी सहित वार्डका महिला सदस्य तथा पुरुष सदस्यहरुलाई नगरपालिकाका नगर प्रमुख जैसवालले पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथ खुवाएपछि नगरपालिकाका नगर प्रमुख जैसवालले सपथ ग्रहण मै नगरपालिकामा सबभन्दा शिक्षाको कमिको महसुस गर्दै उहाँले सपथ ग्रहणमै नगरपालिकामा १ देखि १० कक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्ने तथा कक्षा ११ देखि १२ सम्ममा ५०% प्रतिशत नगरपालिकाले बेहोर्ने भनि घोषणा गर्नु भएको छ ।जिल्लाको गरुडा नगरपालिकाको बिधालयको अवस्था पनि जिर्ण रहेको बताए ।बिधालय जस्तो भए पनि शिक्षकको कारण राम्रो र गुणस्तर शिक्षाबाट पनि बिधार्थीहरु बन्चित हुदैँ गईरहेको छ ।नगरमा रहेका बिपन्न गरिब परिवार तथा निम्न आय भएका परिवारका केटाकेटीहरु मङ्गीको कारण बिधालय जानबाट बन्चित हुँदै गएको देखेर यो निर्णय लिएको नगर प्रमुख जैसवाल बताए । गरुडामा शिक्षाको कुरा गर्दा कुनै प्रकारको उपल्बधी नरहेको देखिएका छन ।शिक्षामा हुने खानेहरुको बालबालिकाहरु मात्र अलिकति अगाडी देखिए तापनि अति गरिब ,बिपन्न ,दलित परिवारका बालबालिकाहरु अझै बिभिन्न समस्याले पछाडी परेका छन बताए । साथै नगरपालिकामा गर्भवति महिलाहरुको लागी निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने भनि प्रतिबद्धता पनि जनाए । नगरमा दलित ,गरिब ,सुकुमबासि जस्ता मानिसहरुको जग्गाको ब्यबस्थ ागर्ने तथा अति गरिब दलित परिवारहरुको घर निर्माण गर्न बताए ।यो घोषणा लगतै उपस्थित रहेका सम्पुर्ण वार्डका वडाअध्यक्ष लगायत वार्ड सदस्यका महिला र पुरुष सदस्यहरुले मेयर जैसवाललाई धेरै धेरै धन्याबाद दिएका थिए ।
मेयर जैसवालले भने कि यो जित मेरो होईन यो जित गरुडा बासिको हो भिन भनेका थिए ।यहाँ जितेका सम्पुर्ण जनप्रतिनिधि घरको एक परिवार जस्तो हो त्यसकारण कुनै काम गर्दा रायबिचार र सुझाव सल्लाह बमोजिम का मगर्ने जनप्रतिनिभिहरुलाई आग्रह समेत गरेका थिए ।यस नगरपालिकामा बिगतका दिन जे भयो भयो अव देखि सपथ ग्रहण गर्नु भएका सम्पुर्ण निर्वाचित जनप्रतिनिधि लगायत वाडका वाड सदस्यहरु आज देखि यो गरुडाबाट भ्रष्टाचार ,लुटतन्त्र जस्ता शब्दहरु आजैबाट जडदेखि उखाडेर फ्यालन आग्रह समेत गरे । साथै नगर प्रमुख जैसवालले निर्वाचित हुनु भन्दा अघि सार्वजनिक घोषणा पत्र अनुसार नै काम गर्ने बताए ।घोषणा पत्र अनुरुप मेयर जैसवालले शिक्षा ,खानेपानी ,स्वास्थ्य ,बिजुली ,संन्चार ,कृषि ,खेलकुद र ज्येष्ठ नागरिकको मध्य नजर गर्दै काम गर्ने जनाएका छन । सो सपथ ग्रहण कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु ,सुरक्षाकर्मि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।