कृष्ण तिवारी । जेष्ठ १६ गते । रौतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित गोपाल यादवले पदभार सम्हालेका छन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख यादवले आफनो दोस्रो कार्यकालको शुरुवात जनताको मन जित्ने गरी आकर्षक योजनाहरुका साथ गर्न लागेको बताएका छन् ।
निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर यादवले जनताको विश्वासलाई आधार बनाएर प्रभावकारी एवं जनहितकारी कामबाट आफना कार्यकाल शुरु गर्न लागेको बताएका छन् ।
नगरलाई भ्रष्टाचारमुक्त पालिका बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण लगाएत कार्यलाई आफनो पहिलो प्राथमिकतामा राखेर योजना ल्याउने उनले बताए ।
अस्पतालको अभावमा कतिपय मान्छेहरु गर्भवति महिलाहरुलाई प्रसुति गराउन बाहिर लैजानुपर्ने बाध्यताका कारण अकाल्मै मृत्युवरण गर्नुपरेको अवस्थालाई मध्य नजर गर्दै १५ शैया को अस्पताल निर्माण गर्ने नगरपालिका भवन न भएकोले नगरपालिका भवन निर्माण गराउने निर्णय गरिएको उनले बताए ।
त्यसैगरी नगरपालिका भित्रबाट सम्पादन हुने पञ्जिकरण, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस निःशुल्क गर्ने समेत उनले बताए ।
पलिकाका अधिकांश व्यक्ति कृषि पेशामा नै आश्रित रहेकाले किसानलाई खेतीकिसानी गर्न सहज होस भन्ने उद्देश्यका साथ सिचाई नभएका ठाउँमा सिचाईको व्यवस्था गर्ने र सबै ठाउँमा विजुलीको व्यवस्था गरी विधुतीकरण गर्ने उनले बताए ।
त्यस्तै नगरमा विभिन्न उद्योग, कलकारखाना स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारी दिने उनले बताए ।
आफनो पाँच वर्षे कार्यकाल नगरको समृद्धि र विकासमा केन्द्रित गर्ने उद्धघोष गरेका नगर प्रमुख गोपाल यादव ले प्रत्येक नगरवासीको भावना, चाहना र आवश्यक्ताको आधारमा कार्य गर्दै जाने बताए ।
नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा अलिकति पनि ढिला सुस्ती नगरी छिटोछरितो काम गर्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
जनताले दिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्ने बताउँदै मेयर यादवलेआफनो कार्यकालमा कसैलाई पनि निराश हुन नदिने विश्वास दिलाएका हुन ।पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशास्किय अधिकृत शम्भु यादव , प्रमोद गुप्ता , हन्स राज यादव , हिरा लाल यादव , मुकेश साह लगाएत उपमेयर सम्पुर्ण वार्ड अध्यक्ष वार्ड सदस्य हरु को उपस्थिति रहेको थियोे ।