रुपेश यादव
जेठ १६ गते
रौतहटको फतुवा नगरपालिका वडा नं ४ टेंग्राहाका निर्वाचित वडा अध्यक्ष सतिश कुमार यादव (गौरब)ले आज पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरेलग्त्तै सोमबार वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि टेंग्राहा गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा वडा नं४ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।
गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।
आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
सो कार्यक्रम मा यादवले वडा कार्यालय बाट केही सुबिधा नि शुलक गर्नेछौं समेत सार्वजनिक समेत गरे।
१. मालपोत फ्री ।
२.असहाय जेहेन्दार विद्यार्थी को लागि पढाई मा सहयोग ।
३. मा बि बाट १०+२ को वयवस्था गरिने छु।
४.स्वास्थ चौकीमा डाक्टरको व्यवस्थापन गरिने छु ।
५.वडा कार्यालय मा एम्बुलेन्स को व्यवस्था र जान्ता को शुख दुख मा साथमा रहने प्रतिवध्ता समेत गरे ।
कार्यक्रम मा सबै वडा नं ४ सवै वडा सदस्य गाउँका भद्रभलाद्मी सो वडाका कर्मचारी, प्रहरी ,संचारकर्मी लगाएत हजारौं को उपस्थित रहेका थिए ।