राैशन चाैधरी ।
जेठ १७ ,रौतहट
रौतहट जिल्लामा एक पत्रकार कार्यपालिकाको सदस्य पदमा निर्वाचित भएका छन । गत बैशाख ३० गते शुक्रबारका दिन ७५३ स्थानिय तहको एकै चरनमा भएको चुनावमा सम्पन लगतै नगरपालिकाको नगर प्रमुख लगायत जनप्रतिनिधिले बिधि अनुसार कार्यपालिकाको सदस्यहरु चुनिने प्राबधान रहेको छ । जिल्लाको पुर्वीभेगमा पर्ने बृन्दावन नगरपालिकामा चुनावी प्रक्रियाले सदस्यहरुको छनौट गरिएको छ ।बृन्दावनको कार्यपालिको सदस्यमा स्थानिय पत्रकार राजेश कुमार पासवान (निर्माणी) निर्वाचित भएका छन । जिल्लामा पत्रकारीता क्षेत्रमा एक छुटैँ पहिचान बनाएका पासवान मंगलबार चुनावी प्रक्रियाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन । पासवान बर्तमानकाल दैनिक पत्रिकाको सह सम्पादक समेत रहनु भएका छन साथै राष्ट्रिय दलित पत्रकारका संघ रौतहटका अध्यक्ष र बाबा सहलेश मिडिया प्रा.लिद्धारा संचालित दलित अवाज दैनिक अनलाईन पोर्टलका अध्यक्ष समेत रहनु भएका छन । बिगत दशैँ देखि पत्रकारीता क्षेत्रमा काम गदैँ आईरहनु भएको छ । बिभिन्न मिडियामा आबद्ध रहदा पनि समाजको लागी सहि सुचना सम्प्रेशन गरेर बिभिन्न तरिकाबाट समाजलाई शिक्षित बनाउने कार्य गर्दै आईरहेका थिए । समाजको सुख दुखमा सहयोग गर्दै आईरहेको थिए । मधेश जन अवाज एफ.एमका समाचार बाचक रमेश कुमार यादबसंग संक्षिप्त कुरा गर्दै भने कि म पत्रकारीता क्षेत्रबाट नै अगाडी बढेको छु र सो क्षेत्रमा पनि कुनै पक्षपात अर्थात नाक्रत्मक सोचले कसैलाई दुख पिडा नदिएको दावी समेत गरे ।अव समाजले मलाई सेवा गर्न मौका दिएको छ र यसमा पनि कसैलाई कुनै प्रकारका पक्षपात नगरि एक नासले सेवा गर्ने प्रतिबद्धता पनि जनाए ।दलित लगायत सम्पुर्ण जनसमुदायलाई खुसि गर्ने काम गर्ने प्रयास गर्छु ।त्यसतै मंगलबार बृन्दावन नगरपालिकामा ८ जना नेकपा एकिकृत समाजबादी पार्टीबाट महिला सदस्यहरुमा कोशिला देवी पटेल,एतवरीया देवी,रामपरी देवी,जहाना खातुन,पुनम देवीको निर्वाचित भएका थिए भने दलित तथा अल्पसङ्ख्यकबाट राजेश पासवान,रामबाबु साह र महेश बैठा निर्वाचित भएका छन् । नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट एक÷एक जना वडाध्यक्ष रहन्छन् । नगर सभाले सभाका सदस्यहरूमध्येबाट निर्वाचित पाँच जना महिला र अन्य तीन जना दलित वा अल्पसंख्यक पनि कार्यपालिकाको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक÷एक जना वडाध्यक्ष रहने व्यवस्था छ । मंगलबार निर्वाचित भएका सम्पुर्ण प्यानललाई बृन्दावन नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत उमेश राज रिमालले प्रमाण पत्र प्रदान गर्दै सम्पुर्ण नव निर्वाचित सदस्यहरुलाई शुभकमना सहित दिएका थिए ।