धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै विप्लवले भने – विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २०, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै विप्लवले भने – विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडे

नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले पार्टीबाट अलग भई नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको बताएका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्नेक्रममा बोल्दै चन्दले विवाद भएको हप्ता दिनमै हिंड्ने कस्तो खालको लिडरसिप हो भन्दै प्रश्न गरे । ‘पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’ चन्दले भने, ‘एकछिन कुरा हुन पाएको छैन पुरा खरानी उडाउँदै हिंड्ने यो कस्तो खालको संस्कार दृष्टिकोण हो ?’ पार्टी विभाजन भएपछि नेता कार्यकर्ता र शुभेच्छुक चिन्तित भएको चन्दले बताए ।

‘यो विभाजन दुःखद भयो । नेता, कार्यकर्ता र शुभेच्छुक दुखित छन् । कहाँ के मिलेन रु कतै नेतृत्वले ध्यान पुर्याएन कि ? भन्ने परेको छ ।’ उनले भने, ‘तर उहाँ (धर्मेन्द्र र हेमन्तप्रकाश)ले एकढंगले बबण्डर मच्चाउने काम गर्नुभयो । त्यो सुझबुझपूर्ण कदम थिएन । त्यो क्रान्तिकारी नेताले परिपक्वता थिएन । त्यहाँभित्र आवेग कुण्ठा,असहिष्णुता जड्दा प्रष्ट देखिन्थ्यो ।’ आफूहरुले धर्मेन्द्र र हेमन्तप्रकाशलाई सम्झाउने प्रयास गरेपनि सफल नभएको चन्दले स्वीकार गरे । 

ताजा अपडेट

खोजी गर्नुहोस