राैशन चाैधरी ।
असार १३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा अनुगमन गर्नु भएको छ ।नगर प्रमुख जैसवालले आफ्नो चुनावी बाचा अनुसार शिक्षा ,स्वास्थ्य ,खानेपानि लगायत कृषिहरुको समस्यालाई जडदेखि नै उख्खेलेर फ्याक्ने प्रतिबद्धता जनाएका थिए । सोहि प्रतिबद्धता अनुरुप बिस्तारै–बिस्तारै सुधार ल्याउदै गरेको पाईएको छ ।शिक्षा जस्तै मानिसको अति महत्वपुर्ण कुरा हो भनि मानिसको स्वास्थ्य पनि उतिकै नै महत्वपुर्ण हो ।त्यस कारण स्वास्थ्यमा कुनै किसिमको लापारवाहि हुन नदिन लागी परेको मेयर जैसवालले बताउनु भयो ।सोमबार जिल्लाको कटहरियामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा छडके चेकजाच तथा अनुगमन गरेका थिए । अनुगमन क्रममा हस्पिटलको चौतर्फि अनुगमन गरेका थिए ।अस्पतालको बारेमा बिभिन्न नगरबासिले गुनासो गर्दा सोहि गुनासोको अधारमा अनुगमन गर्दा अस्पतालका कर्मचारीसंग अन्तक्रिया समेत गरेका थिए । अस्पतालको सरसफाई देखि औषधिमा पनि उल्लेखनिय सुधार रहेको थियो ।सो अस्पतालमा २ जना एमबिबिस डाक्टर रहेको नगर प्रमुख जैसवालले बताउनु भयो ।नगर प्रमुख जैसवालले अस्पतालमा काम गर्ने डाक्टरहरुलाई चेक जाँच गराउन आउने सेवाग्राहीलाई कुनै प्रकारका समस्या हुनु नपर्यो भनि निर्देशन दिएका थिए ।नगर प्रमुख जैसवालले मेरो नगरबासि मेरो लागी देवता सरह रहेको बताए ।त्यस कारण उहाँको स्वास्थ्यको ख्याल गर्न म लगायत कुनै पनि तहमा का मगर्ने कर्मचारीले देवता सरह लिई उहाँहरुलाई सेवा दिन हरदम तत्र्पर रहन निर्देशन समेत दिए ।नगर प्रमुख जयसवालले नगर अनुगमनको क्रममा कर्मचारी र सेवाग्राहिको नङ र मासु झै सम्बन्ध हुनु पर्छ भनि चिकिस्तकहरुलार्इै सुझाव सल्लाह दिएका थिए । अस्पतालमा कुनै प्रकारका कमि कमजोरी हुँदा अर्थात औषधीका अभाव हुँदा सिधा नगरपालिकासंग सम्पर्क गर्न निर्देशन साथै औषधीको अभावमा कसैलाई समस्या हुन नदिन बताए । अनुगमन क्रममा पत्रकारसंग छोटो कुरा गर्दै मेयर जैसवालले भने पुर्व घोषणा अनुसार कटहरियामा नै छिटो १५ सैँयाको अस्पताल बनाउने पहलमा लागी परेको बताउनु भयो ।उपचारको अभावमा कसैलाई मर्न नदिने भनि उदेश्यले यो अस्पतालको निमार्ण गर्न लागेको बताउनु भयो ।बाहिर गएर उपचार गराउन समस्या भईरहेको कारण आफ्नै ठाउँमा राम्रो उपचार सेवा दिन प्रयासरत रहेको बताउनु भयो ।कर्मचारीहरुलाई समयमा आई कामकाज गर्न समेत आग्रह गर्नुभयो। कुनै पनि कर्मचारीले काम काजमा ढिला सुस्ती गरेमा त्यस्ता कर्मचारीलाई कारवाही समेत गर्ने चेतावनी दिनु भयो । अनुगमनमा वडा अध्यक्ष सार्फलाल गुप्ता लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।