कार्तिक २५ गते ।
रौतहट ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रौतहट क्षेत्र नं ३ मा रोचक प्रतिस्पर्धा हुँदै छ ।
क्षेत्र नं ३ को प्रतिनिधिासभा सदस्यका लागि माछा छाप लिएर स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल चुनावमा होमिएका छन भने अर्कोतर्फ पुर्व मन्त्री प्रभु साह स्वतन्त्रबाट नै उम्मेदबार बनेका छन । स्वतन्त्रबाट उम्मेदवारी दिएका साह अहिले सत्ता गठबन्धनको समर्थन पाएका छन ।
साह सत्ता गठबन्धनको उम्मेदवार बनेपनि सत्ता गठबन्धन भित्रका दलहरु उनलाई साथ नदिई स्वतन्त्र उम्मेदवार जयसवाललाई साथ दिएका छन ।
सत्ता गठबन्धन भित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस सहित नेकपा एमाले र जसपा समेत जयसवाललाई नै साथ दिएका कारण जयसवाल पनि साहभन्दा कम बलियो छैनन ।
सत्ता गठबन्धन र गठबन्धन बाहिरका दलको समेत ठुलो साथ पाएका कारण ओम प्रकाश जयसवाल प्रभु साहभन्दा निकै बलियो उम्मेदवार रहेको देखिएको छ ।
तिन पटक देखी लगातार चुनाव जित्दै आएका उम्मेदवार साह अहिले आफनो पक्षमा माहोल बनाउन निरन्तर खटिरहेका छन ।
निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न गाउँबस्तीमा बिहान ६ बजेदेखि रातिसम्म उनले सक्रियताका साथ घरदैलो गरिरहेका छन् । पटक पटक चुनाव जित्दै कयौं पटक मन्त्री समेत बनिसकेका साह यसपाली समेत चुनाव जित्ने दाउमा छन तर साहलाई यसपाली ओम प्रकाश जयसवाल चुनौतीको रुपमा देखा परेका छन् ।
जयसवाल नहुँदा साहलाई चुनाव लड्न निकै सजिलो हुन्थ्यो तर यसपालि स्वतन्त्रबाट चुनाव लडी अहिले सत्ता गठबन्धनको ठुलो सहयोग पाएका ओम प्रकाश जयसवाल चुनावी मैदानमा उत्रेपछि प्रभुको लागि ठुलो चुनौती थपिएको छ ।
सत्ता गठबन्धन भित्रका दल तथा बाहिरका दलहरु पनि आफना पक्षमा लागेकोले आफनो जित चाहेर पनि कसैले रोक्न नसक्ने उम्मेदवार जयसवालले दावी गरेका छन ।
प्रभु साहको तानाशाही प्रवृत्ति अन्त्य गर्न यहाँका जनता यसपाली परिवर्तन खोजेको र साहको विकल्पको रुपमा आफुलाई अघि सारेको जयसवालको भनाई छ । जनमत आफनो पक्षमा रहेकोले आफनो जित सुनिश्चित नै रहेको उनले ठोकुवा गरे । साहबाट आजित भएका क्षेत्र नं ३ का जनता आफुलाई मत दिन आतुर रहेकोले आफु विजयी हासिल गरेरै छाडने उनले बताए ।
यता स्वतन्त्र उम्मेदवार प्रभु साहले पनि सत्ता गठबन्धन भित्रबाट धोका भएपनि जित आफनै हुने दावी गर्छन । जनताको ठुलो साथ र सहयोग रहेका कारण आफनो जित सुनिश्चित नै रहेको साहले बताए ।