मेरो उम्मेदवारी रौतहट ३को विकासका लागि-:ओमप्रकाश जयसवाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
मेरो उम्मेदवारी रौतहट ३को विकासका लागि-:ओमप्रकाश जयसवाल

२८ कार्तिक,रौतहट। रौतहट क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बनेका ओमप्रकाश जैसवालले आफ्नो उम्मेदवारी समग्र क्षेत्रको विकासका लागि भएको बताएका छन्।

रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै जैसवालले मेरो उम्मेदवारी रौतहट ३ का सम्पूर्ण जनताको लागि रहेको बताएका छन्।

मेरो उम्मेदवारी क्षेत्र नं ३ को सम्पूर्ण जनताको उम्मेदवारी रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।

जैसवालले एमालेको टिकट निष्क्रिय बनाई स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्विरोध हुने मनसाय बनाएको थियो तर आफूले उम्मेदवारी दिएपछि साहको सारा जुक्ति असफल भएको खुलासा गरे।

जैसवालले विगत डेढ दशक देखि तानाशाह,भ्रष्टाचारीको क्षेत्रको रुपमा चिनिने रौतहट ३ मा सुशासनको अनुभुती तथा समाजिक रुपान्तरणका लागि माछा छापमा मतदान गर्न आग्रह गरेका छन्।

स्वतन्त्र उम्मेदवार जैसवालले परिवर्तनको लागी आफुलाई मतदान गर्न आग्रह गरेका छन ।

विगतमा जितेका नेताले जनतामुखी काम गर्न नसक्दा निरासा भएका मतदाताले एक पटक माछा छापमा मतदान गरि विजयी गराउन क्षेत्र ३ को आम मतदातासँग आग्रह गरेका छन् ।

उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

यसैबीच पाच दलीय गठबन्धनबाट ३ (ख) को प्रदेश सभा सदस्यका उम्मेदवार काङ्ग्रेस जिल्ला सभापति जितेन्द्र यादवले कार्यक्रमको सम्बोधन गर्दै मतदाताले आफूलाई अधिक रुचाएको बताए ।

देशको पानी र जवानी दुवैलाई देशको हकमा उपयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरामाथि जोड दिँदै जिल्ला सभापति यादवले बिजुली उत्पादनमा जोड दिएर विदेशलाई बेच्नुपर्ने तथा सम्पन्न मुलुकबाट लगानी भित्र्याएर देशमा रोजगारको अवसर सिर्जना गर्नुपर्ने कुरामाथि जोड दिएका छन्।

चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार जैसवाल र प्रभु साह बिच काडा प्रतिस्पर्धा हुने देखिएको छ

ताजा अपडेट

खोजी गर्नुहोस