रौतहट । मंसिर ४ गते ।
प्रतिनिधिसभा र प्रदेशसभाको आईतवार मतदान सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । रौतहट जिल्लामा ६५ प्रतिशत मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जानकारी दिएका छन । कुल ४ लाख १५ हजार ४५५ मतदाता रहेको जिल्लामा ६५ प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन कार्यालयका रौतहटले जानकारी दिए ।
यो स्थानीय तहको भन्दा करिब १५ प्रतिशतले कम हो । यो पटकको निर्वाचनमा जनतामा खासै उत्साह नदेखिएका स्थानियको अनुभव छ । जिल्लामा १८ वटा पालिकामा ५ सय २३ मतदान केन्द्र रहेका थिए ।जसमध्ये १ सय ४९ अति संवेदनशील र १ सय १ संवेदनशील रहेका थिए ।
निर्वाचनको क्रममा क्षेत्र नम्बर ३ को गुजरा नगरपालिकाको कनकपुर माविमा १ राउण्ड र गरुडा नगरपालिका अमरपट्टीमा स्वतन्त्र उम्मेद्वार पक्ष बिच बिवाद पछि झडप हुदा झडपलाई शान्त पार्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
सो मतदान केन्द्रमा स्थिति बनाउन ठूलो सख्यामा सुरक्षाकर्मी खटाइएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली चलेको थियो । दुई पक्षबीच बिबाद बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । अन्य केही स्थानमा सामान्य झडप भएपनि समग्रमा शान्तिपूर्ण तरिकामा निर्वाचन सम्पन्न भएको उनले बताए ।