मंसिर ०८,रौतहट
रौतहटमा निर्वाचन सम्पन लगतै सर्वसाधारण लगायत सम्पुर्ण मतदाताहरुको ध्यान मतगणना तिर अहिले केन्द्रित रहेको छ ।मतदाताहरुले प्रयोग गरेको मताअधिकार कस्तो भयो भने अहिले उनीहरुलाई पनि चासोको बिषय बनेको छ । रौतहटमा रहेको प्रतिनिधि सभाको चार वटा क्षेत्र मध्ये दुई ओटामा सत्तारुद्ध गठबन्धनका उम्मेदवारहरु बिजय भएका छन दुईमा स्वतन्त्र उम्मेदवारको बिजय भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं.१ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् । नेपालले ३३ हजार ५ सय २२ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६,९२२ हजार मत ल्याई पराजित भएका छन् ।
क्षेत्र नं.१(क)का प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् ।साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् ।
क्षेत्र नं.१(ख)को नेपाली कांग्रेसको तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्रीका दाबेदार कृष्णा यादब बिजयी भएका छन ।रौतहटको क्षेत्र नम्बर १ ख का लागि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गरेका छन् । विजयी यादव कांग्रेसको मधेस प्रदेश सभापति हुन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फबाट स्वतन्त्र उम्मेदवार किरण विजय भएका छन । किरण साह(स्वतन्त्र ) ३२,८४२ फिरदोस आलम नेपाली कांग्रेस (रुख) :- २८,२४८आलमलाई ४५९४ मतान्तरले पराजित गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहमद जैद आलम बिजयी भएका छन ।आलम १३ हजार ७ सय ३२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार नागेन्द्रप्रसाद सिन्हाले ६ हजार ८ सय ६० पाएका छन ।स्वतन्त्र उमेदवार सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरेका छन । तमलोपाका उम्मेदवार शेख जमसेदले ५ हजार ४ सय ७४ मत ल्याएका छन।त्यस क्षेत्रमा जैदका बुबा स्व. मुस्ताक राजाले २०७० सालको सविधानसभा निर्वाचनमा पुर्वमन्त्री मोहम्मद आफताब आलमलाई पराजित गरेका थिए ।
क्षेत्रका२(ख)का प्रदेशसभाका उम्मेदवार कनिश पटेल विजयी भएका छन्। एमाले जसपा गठबन्धनका उम्मेदवार रामकिशोर यादवलाई पराजित गर्दै पटेलले विजय निकालेका हुन्।पटेलले १० हजार ४ सय २४ मत प्राप्त गर्दा यादवले १० हजार ३३ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार मनोज यादवले ५ हजार २ सय ६५ मत प्राप्त गरि तेस्रो स्थानमा छन्।माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र प्रसाद जयसवालले ५ हजार २ सय ४४ मत पाएका छन्।
त्यसतै रौतहट निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधिसभाको स्वतनत्र उम्मेदवार पुर्वमन्त्री प्रभु साह चौथो पटक निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री प्रभु साहको चुनाव चिन्ह कल छापले ३२४३७ मत पाएर बिजय भएका छन भने निकटम प्रतिद्धन्द्धी क्षेत्र नं.३ कै अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालको चुनाव चिन्ह माछाको २५२०० ल्याएर पराजित भएका छन ।७२३७ मतान्तरले साह बिजय भएर क्षेत्र नं.३ मा चौथो पटक लगातार निर्वाचित हुनु भएको छ ।
सोहि क्षेत्रका (क)का प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार केशव राय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले–जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन् ।यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजा चौधरीले १० हजार १३२ मत हासिल गरेकि छिन् । मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७ हजार ६२२ मतका साथ तेस्रो भएका छन् ।
क्षेत्र नं.३ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेसका उर्जावान एवं क्षमतावान जिल्ला सभापति सुनिल यादव उर्फ(जितेन्द्र) १६,८७७ मत ल्याइ विजयी भएका छन् भन्ने उनका निकटतम प्रतिद्वन्द्वी कुन्दन कुशवाहाले १४,१२१ मत ल्याइ पराजित भएका छन्। २७५६ मतान्तरले विजयी भएका हुन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा तर्फबाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना विजय भएका छन । तिमल्सिनाले ३४,१०४ मत ल्याउदा उनका निकतम प्रतिद्वन्दी नेकपा एमाले उध्व रेग्मीले २६,५५० मत प्राप्त गरेका छन ।
त्यसतै निर्वाचन क्षेत्र नं.४(क)बाट प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई ( समीर) बिजयी भएका छन ।नेकपा माओवादी केन्द्रका युवराज भट्टराई समिरले १५ हजार ३ सय ६८ मत पाएका छन ।नेकपा एमालेका उम्मेद्वार अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत पाएका छन नेकपा माओबादी केन्द्रका चुनाव चिन्ह हसिया हथौडीका उम्मेदवार युवराज भटराईको जित भई प्रदेशसभाको सिट सुरक्षित गरि भब्य जुलुस निकालेका थिए ।
क्षेत्र नं.४ (ख)को प्रदेशसभाको ताजा अपडेट जसपा नेपालबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका अबुल कलाम आजाद उर्फ (फुलबाबु) पुनःदोस्रो पटक विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छु ।
प्रदेशसभा सदस्यका उम्मेदवार अबुल कलाम अजादले ८७४१ म्त पाएर बिजय भएका छन भने उहाँको निकटम प्रतिद्धँन्द्धी रिक्शा छाप चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका संजय यादबले ५८७५ ल्याई पराजित भएका छन ।