पवन कुमार उपाध्याय
रौतहट, १६ मंसिर। गत मंसिर १२ गते बिहान मर्निङ वाकमा निस्किएका साहको गरुडा मेनचोकबाट करिब ५ सय मिटर उत्तर गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सवारीको ठक्करबाट मृत्यु भएको थियो ।
अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएका रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाका ४८ वर्षीय व्यापारी राजनारायण साहका परिवारले घटनाबारे उच्च स्तरीय छानविनको माग गरेका छन् । साहलाई कुन सवारीले ठक्कर दिएको भन्ने हालसम्म खुलेको छैन् ।
सोहि घटनाको बिषयलाई लिएर गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा मृत्कका आफन्तजन र ब्यापारीहरु मृतक परिवारलाई सत्यतथ्य छानबिन गरि दोषिलाई कार्यवाहि गर्न भनि सोमबार तिन घण्टा र मंगलबार गरुडाको मेथुर चौकमा घेरा लगाई चक्का जाम गरेका थिए ।
चक्का जाम खुलाउन जिल्ला प्रहरी कार्यलयका एस.पि बिर बहादुर बुढा मगरले स्वयम् आएर ४८ घण्टा भित्रमा दोषिलाई पक्राउ गरि कार्यवाहि गर्ने भनि पिडित परिवारलाई आश्वासन दिएका थियो । तर पीडित परिवारलाई न्याय दिन प्रहरीले ४८ घण्टा मागेपनि १०० घण्टा भन्दामाथी पुग्दा न्याय नमिल्नुको कारण के हो भनी पिडितले नयाय मागेछ ।
गरुडाका ब्यापारी राजनारायण साह बनियांको दुर्घटनामा परी मृत्यु भएको १०० घण्टाभन्दा माथि पुगे पनी अहिले सम्म प्रहरिले घटनाको सत्यतथ्य छानबिन गरि पीडि़त परिवारलाई न्याय नदिनुको कुरा रहस्यमय बनेको पिडित परिवारले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलयका एसपी मगरले ४८ घण्टाभित्रमा पक्राउ गरि अपराधीलाई कटघरा ल्याउने प्रतिबद्धता जनाए पनि १०० घण्टा बितिसक्दा पनि केही नगरेको कारणले गर्दा पिडित पक्ष र ब्यापारिहरुले चरणबद्ध आन्दोलन गर्ने र सोहि अनुरुप आज पहिलो दिन गरुडामा रहेको सम्पुर्ण पसलहरु बन्द गरेको थियो ।