रौतहट, २० पुस I आगामी ३ दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
रौतहटमा चिसो बढेपछि गौर नगरपालिकाले बुधवार देखि शुक्रवार (तीन दिन) नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यबाट मंगलवार नगरपालिकाको प्रमुख स्तरिय बैठकबाट शुक्रवार अर्थात पुस २० देखि २२ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो । नगरपालिकाको शिक्षा संयोजक नागेन्द्र प्रसाद मण्डलद्धारा हस्ताक्षरित पत्रमा बर्खे विदाबाट कट्टा हुने गरि जाडोको विदा दिन नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई सर्कुलर पठाइको छ ।
अत्यधिक रुपमा चिसो बढेपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिनको लागी बिद्यालय बन्द गरेको छ । सोमबार बिद्यालयहरुलाइ पत्रचार गदै आउदो पुस २२ गते सम्म बिद्यालय बन्द गर्न पत्राचार गरेको छ । फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न नगरपालिकाले पत्रचार गरेको ।