शेख प्रवेजद्वारा कटहरिया बजारमा रहेको महिला तथा बालबालिका लाई सिरक र जैकेट वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २१, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
शेख प्रवेजद्वारा कटहरिया बजारमा रहेको महिला तथा बालबालिका लाई सिरक र जैकेट वितरण

पवन कुमार उपाध्याय / विशेष समाचारदाता

रौतहट,२१ पुष विगत केहि दिन देखि अचानक राैतहट लगायत देशै भरी बढेको चिसोका कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएका छन ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजारमा रहेको बैलघटीको पछाडि मनिसा सर्भगिनले झोपडि बनाई बस्दै आईरहेको लाई शेख प्रवेजले सिरक,जैकट हस्तान्तरण गर्नुभएको छ । कटहरिया बजारमा बस्दै आईरहेको विवाहित महिला हुन वहाको एउटा छोरा र छोरी छन् र दुई वर्षको छोरा अति अस्कत अपाङ्ग रहेको छन् । गाउँबाट स्थानिय बासिको सहयोग लिएर जिविका चलाईरहेका छन् ।

मनिसाको श्रीमान भारतमा बसिरहेका छन आफुलाई केहि नदिएको कारण यो अवस्थामा बसिरहेका बताईन् । शेख प्रवेजले अगामि दिनमा तिरपाल, खधान्य सामग्री लगायत सहयोग गर्नेछु भन्ने प्रतिबध्ता गर्नु भयो । शेख प्रवेजले यो भन्दा पहिला कटहरिया नगरपालिका भरीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आईरहेको छ ‌।

बिधालयमा पढने बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आईरहेको आलमले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस