रौतहटको फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १७, मंगलबार (३ साल अघि)
  • ७ पटक पढिएको
रौतहटको फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौशन कुमार चौधरी

रौतहट,१७ माघ। रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।

सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।
रौतहटको कटहरिया नगरपालिकाको वडा नं ६ फत्तेपुरमा राम जानकी मठ प्राणप्रतिष्ठाको कलश यात्रा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

फत्तेपुरको मठमा भगवान श्रीरामजानकी र लक्ष्मण तथा हनुमान जी गरि जम्मा चार वटा मुर्तिको प्राणप्रतिष्ठा बुधबारको दिन हुने भएको छ। साथै को कार्यक्रममा भण्डारा (बटोर) तथा उक्त यज्ञमा जिल्ला भरीका साधु महात्मा आउने तयारी थालिएको छ । भगवानको मुर्ति स्थापनाले समस्त फत्तेपुरवासी कटहरिया नगरपालिका वासी, रौतहट जिल्लावासी तथा सम्पूर्ण देशवासी लाई यो जगले राख्छा गर्ने भुपु वडा अध्यक्ष शम्भु कान्त यादवले बताए ।

शुक्रबारको दिन उक्त यज्ञमा अष्टजाम समेत हुने समितिले जानकारी दिएको छ । मंगलबार निकालिएको कलश यात्रामा कटहरिया नगरपालिकाको उप मेयर रिता देवि यादव पूर्व मेयर शियाराम कुशवाहा, वडा अध्यक्ष जयराम चौधरी,भुपु वडा अध्यक्ष शम्भु कान्त यादव, रामशंकर यादव, राम सुधार कुशवाहा,क्रान्ति कुशवाहा,संजय जयसवाल लगायत हजारौंको भक्त जनको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस