बिमलेश कुमार झा
रौतहट,१८ माघ। आर्थिक वर्ष २०७९/०८० को लागि रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ४ मा वडा स्तरीय योजना छनौट तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष तुरन्त नरायण यादवले वडा भेलाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वडा स्तरीय योजना मार्गदर्शन गरेका हुन् । वडा अध्यक्ष यादवको अध्यक्षतामा बुधबार बसेको वडा स्तरीय योजना छनौट तथा वडा भेला कार्यक्रममा इनरबारीको स्थानीय देखि विभिन्न कार्यलयमा आबद्ध कर्मचारीहरुले आफ्नो समस्याहरु सो योजनामा टिपोट गराएका छन्। बौधिमाई नगरपालिका वडा नम्बर ४ इनरबारीको मुख्य समस्या नालाको रहेको स्थानीयहरुले बताएका छन्।
स्थानीय विद्यालयमा शिक्षक,फर्निचर लगायत भौतिक पूर्वाधार समेतको कमि रहेको शिक्षकहरूले आफ्नो समस्या बताएका थिए। उक्त समस्याबारे बोल्दै वडा अध्यक्ष तुरन्त नरायण यादवले जनताबाट आएको मुख्य समस्याहरुको समाधान ५ वर्षको कार्यकाल भित्र जनतालाई आस्वस्त बनाए।
नालाको सन्दर्भमा बोल्दै यादवले पानी निकासाका लागि कसैले आफ्नो जग्गा दिए अविलम्ब नाला निर्माणको कार्य सुरुहुने समेत प्रतिबद्धता गरे। यादवले आफ्नो मुख्य भुमिका कृषि र शिक्षामा रहने समेत बताए सो कार्यक्रममा बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादव,उपप्रमुख प्रमिला जैसवाल, समानुपातिकबाट प्रदेश सांसद बनेका जयचन पटेल,प्रत्यक्षबाट निर्वाचित प्रदेश सांसद कनिश पटेल लगायत इनरबारीका स्थानीयहरुको उपस्थित रहेको थियो।