रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ३, शुक्रबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

चैत ०३ गते । रौतहट । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।
संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।उनले ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् ।
एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन् । उनले पाएको कुल मतभार १६ हजार ३२८ हुन्छ ।यस्तै जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कुल दुईहजार ५३७ मतभार पाएकी छन् ।

प्रमिला कुमारीले भने प्रदेशतर्फको एक मत पाएकी छन् । उनले सार्वजनिक विज्ञप्तीमार्फत् आफ्नो उमेदवारी फिर्ता लिएपनि कानुनी रुपमा उनको नाम भने कायम थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस