पवन कुमार उपाध्याय
रौतहट,१३ वैशाख। रौतहट सखुवाबा धमौराका एक जना महिला न्याय माग्दै भौतारिदै छ । जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.७ अन्तर्गत पर्ने सखुआवा धमौरा निवासि कबिता सहनीले आफ्नो छोरीको गराएको मृत्युको न्याय माग्दै चारैतिर भौतारिहेको छ ।
गत चैत १७ गते घर नजिकै रहेको एमबि ईँटा भट्टामा घुम्न गएको बेला सोहि ईँट्टा भट्टाका साहु गरुडा नगरपालिकाको वार्ड नं.७ भिमडावर निवासि उमेदी साह बनियाले मेरो छोरीको घाँटी थिचि खनेको खाल्डोमा मारेर फेकेको दावि सहनीले गरेको हो ।
मंगलबार २५ दिन पुगीसक्दा पनि पिडित सहनीले न्याय नपाएको पत्रकारसंग दुखेसो पोखेका छन । आखिर ६ बर्षको छोरी रेश्मा कुमारी सहनीले के नै बिगारेको थियो मृत्कको आमा कबिता सहनीले भकानिदैँ भने । धेरै दिनदेखि सन्चालनमा रहेको उक्त ईटा भट्टाका साहु साहले यस्तो खाल्टो कहिले पनि खनेको थिएन ।
खाल्टो खनेको दिन बिहानै मेरो छोरी रेश्मा त्यस भट्टा घुम्न गएको थियो सोहि दिन ईटा भट्टाको साहु साहले मेरो छोरीलाई घाँटी थिचि मारेर उक्त खाल्टोमा फेकेको आरोप समेत लगाएका छन । बिहानै देखि निस्किएको छोरी खाना खाने समयसम्म घर नआउँदा कता गयो भनि खोज्दै जाँदा गाउँकै एक जना बालकले ईटा भट्टाको खाल्टोमा तपाई छोरी मरेको भन्दै बताएका थिए ।
त्यहाँ म लगायत मेरा देवर पुग्दा त्यस खोल्टोमा खोज्दा त्यहि मृत अवस्थामा फेला परेको थियो । त्यस पछि प्रहरीलाई खबर गर्दा त्यहाँ पुगेको थियो । प्रहरीले शवको मुचुल्का उठाई त्यस वडाको वडाअध्यक्ष जगरनाथ प्रसाद भेडिहरको रोहबरमा शवलाई उठाईएको थियो ।
तर मंगलबार करिब २५ दिन हुँदा पनि कसैले पिडितलाई न्याय नदिएको र प्रहरी प्रशासनले पनि केहि नगरेको मृतकको आमा सहनीले दुखेसो पोखेका छन । यता वडाअध्यक्ष भेडिहरसंग यस सम्बन्धमा सोध्दा प्रहरी प्रशासनले लापारवाहि गरेको बताउनु भयो ।
ईटा भट्टाको साहु उमेदि साहसंगको मिलोमतोमा कुनै एक्सन नलिएको तथा यस गरिब निमुखा पिडितलाई न्यान नदिएको प्रष्ट झलकिरहेको बताउनु भयो । यो ईटा भटाको साहु साहले गत केहि बर्षदेखि देखि चलाई आएको ईटा भट्टा मापदण्ड बिपरित रहेको वडाअध्यक्ष भेडिहरले भने ।
साथै एमबि ईटा भट्टालाई सम्बन्धित निकायले जाँचबुझ गर्न अति नै आवश्यक रहेको बताउनु भयो । त्यसतै मृत्कको हजुरआमा दजवा देवी सहनीले किटान गरेर नै भने कि एमबि ईटा भट्टाको साहु उमेदी साहले नै मेरो नातिनिको ज्यान मारेको दावी गरेका छन ।
पुरानो रिसिबीको कारण साहले मेरो नातिनि रेश्मालाई मारेको बताउनु भयो । मृत्कको हजुरआमा सहनीले दोषिलाई कडाभन्दा कडा कार्यावाहि गरि घटनाको वास्तविक छानबिन गर्न माग गर्नुका साथै क्षतिपुर्ति उपल्बध गराउन माग गरेका छन । सोहि वार्डका स्थानिय हृदय नरायण यादबले ईटा भट्टा साहले मनोपली गरि दादागिरी सैलीमा पेश आएको बताउनु भयो ।
यादबले भने ईटा भट्टा साहु साहले पुरानो रिसिबिको कारण सहनीको छोरीलाई मारेको बताउनु भयो ।यस्ता दोषिलाई कडाई हुनु अति नै आवश्यक रहेको बताउनु भयो । नियमकानुनको धज्जिया उडाउदैँ नियमबिपरित गाउँ नजिकै राखि गाउँहरुलाई दुःख दिने कार्य गरेको प्रति यादबले आपति जनाएका छन ।
यादबले भने त्यति मात्र नभई एमबि ईटा भट्टाबाट ईटा लिएर निस्केको ट्रकले बाटोलाई समेत धवस्त पारी धुलो–धुलै उडाई सडक नजिकै रहेको घरहरुमा बस्ने मानिसहरुलाई बस्नै गाह«ो बनाएको बताउनु भयो ।
बाटोलाई मर्मत गर्न वा बनाउन गाउँलेहरुले भने पनि दादागिरी शैलीमा ईटाका साहु साहले जा म बनाउदै जे गर्नु छ त्यो गर । यता सोहि वार्डमा रहेको एमबि ईटा भट्टाका साहु उमेदी साहसंग सोध्दा यो सब झुठा र भ्रामक कुरा रहेको बताउनु भयो । उनीहरुमाथि लागेको मुद्धालाई दबाउन म माथि बिभिन्न किसिमको प्रपञ्च गरेको बताउनु भयो ।