सागर संगम ठाकुर रौतहट,जेठ १६ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नंं.९ धरहरीमा हिजो दुईवटा घरमा आगलागी हुदा लाखौं मुल्यबराबरको क्षति भएको छ ।
गए राती करिब १२ बजेको समयमा स्थानिय भागवत साह कानु र नन्हक साह कानुको घरमा आगलागी हुदा घर भित्र रहेको अन्नपात लताकपडा भडावरतण गरि कुल १० लाख भन्दा बढी मुल्यबराबरको क्षति भएको पिडित परिवारले बताएका छन ।
घर भित्र बालिएको घुरबाट आगो सल्लकेर आगलागी हुदाँ माटो र खप्डाले छाएको भागवत साहको घर र नन्हक साहको भन्सा घरमा आगलागी भएको पिडित परिवारले जनाएको छ ।
आगलागीबाट भागवत साहको घर भित्र रहेको दुईवटा भैसीं जलेर घाईते भएको छ भने घर भित्र रहेको अन्नपात,भडावरतण,चारवटा ट्रक भित्र राखिएका लताकपडा,एलसिडी १ थान,क्यपियुटर १ थान,ल्यापटप १ थान, सुन चाँदीका गरगहना र बैकबाट झिकेर राखिएका नगद १ लाख ५० हजार रुपैया पुर्ण रुपमा जलेर नष्ट हुदै करिब १० लाख मुल्यबराबरको क्षति भएको पिडितले बताएका छन । आगलागीमा परी कुनै मानविय क्षति नभएको पिडित परिवारले बताए ।
त्यस्तै आगलागीबाट छिमेकी नन्हक साह कानुको भन्सा कोठामा आगलागी हुदाँ घरभित्र रहेका लत्ताकपडा अन्नपात भाडावरतण गरि करिब डेढ लाख मुल्यबराबरको क्षति भएको हो ।
आगलागीलाई नियन्त्रणमा लिन स्थानियबासी र देवाही गोनाहीबाट खटिएका जनपत प्रहरी, शस्त्र प्रहरीको सहयोगमा बुझाइएको थियो ।
आगलागीबारे थप विवरण आउनु बाकींँ रहेको इलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक गोबिन्द साले मौलापुर एफ एमलाई जानकारी दिनु भयो ।