रमेश कुमार यादब
जेठ ३०,रौतहट
आफुमाथी लगाएको आरोप झुठा, भ्रामक गल्त र कपोक्लपित रहेको बौधीमाई नगरपालिकाको मेयर प्रत्याशि डा.सुवन्त कुश्वाहाले बताएका छन् । मंगलबार उनले आफ्नो निजि निवास बंकुलमा पत्रकारहरुसंग कुराकानी गर्दै पत्रकार मेवालाल यादबले आफुमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको मेयर प्रत्याशि कुश्वाहाको भनाइ छ । यसरी गलत हल्ला फैलाई आफ्नो चरित्र हत्या गर्न खोज्ने त्यस्ता ब्यक्तिहरुलाई कार्यवाही गर्न उनले माग गरेका छन् ।
पत्रकार मेवालाल यादबले लगाएको आरोपको मेयर प्रत्याशि कुश्वाहाले खण्डन गरेका छन् । उनले भनेका छन् मधेश प्रदेशको जनमत पार्टीको मन्त्री ईन्जिनियर बसन्त कुश्वाहाको सांसदिय कोषबाट र मधेश प्रदेश सरकारको पुर्वाधार बिकास कार्यालयबाट सन्चालन भईरहेको कोपवा छठ घाट निर्माण कार्य बौधिमाई नगरपालिकाको वार्ड नं.५ कोपवा बंकुलमा उपभोक्ता समिति मार्फत निर्माण भईरहेको छठ घाटमा गुणस्तरहिन र दुई नम्बरको कामका साथसाथै दुई नम्बर ईंटा समेत प्रयोग भईरहेको छ भनि पत्रकार यादबले त्यहाँ काम गरिरहेको मानिसहरुलाई डरत्रास धम्की र पैसा माग्ने जस्ता क्रियाकलाप गरेको थियो । तर त्यहा भएका मानिसहरुले भने, हामिले राम्रो काम गरिरहेका छौ भने तपाईलाई पैँसा किन दिने भनेपछि पत्रकार यादबले तिमिहरुको भिडियो सार्वजनिक गर्ने,तिमिहरुको बाउको राज्य चल्दै छ भन्दै मारपिट झै–झगडा गर्न थालेका बताउनु भयो । त्यस पछि निर्माण स्थलबाट मलाई फोन आएको थियो । त्यस पछि त्यहाँ पुग्दा मैले सबैसंग सोध्यौं कि के भयो र त्यहाँ रहेका उपभोक्ता समितिका अध्यक्ष प्रदिप महतो कोईरीले भने हाम्रो अहिले माटो खन्ने कार्य नै भईरहेको छ र यहाँ कुनै प्रकारको हाम्रो ईंटा पनि छैन तर पत्रकार यादबले तपाईहरुले यस छठ घाट निर्माणधिन कार्यमा दुई नम्बरको ईटा लगाईरहनु भएको हो भने पैंसा माग्ने काम गरिरहेको बताउनु भयो । तर हाम्रो ईंटा नै छैन र हाम्रो दुई नम्बर काम नै छैन तपाईलाई पैसा किन दिने भनेपछि पत्रकार यादबले हामिसंग झै–झगडा गर्न थाले उपभोक्ता समितिका अध्यक्ष कोईरीले बताउनु भयो । त्यस पछि मैंले पत्रकार यादबलाई भने कि तपाई देशको चौथौ अंग हुनुहुन्छ किन यस्तो गर्नुहुनुहुन्छ ठिक छ गलत काम भईरहेको छ भने सम्बन्धित निकाय छ त्यहाँ जानु र खोज्नु तर पैसा माग्ने काम नगर्नुस भने पछि पत्रकार यादबले ममाथि नै जाईलाग्नु भो र तो तो मे मे गर्न थाले मेयर प्रत्याशि कुश्वाहाले बताउनु भयो । हामिले पत्रकार यादबलाई कुनै प्रकार दुरब्यवहार गरेका छैनौ बरु वहाँले नै हामिलाई नै गाली गलौज गर्नु भयो र तिमिहरुलाई म आफ्नो पावर देखाई दिन्छु भन्नु भएको मेयर प्रत्याशि कुश्वाहाले आरोप लगाउनु भएको थियो । तर पत्रकार यादबले ममाथि लगाएको जतिपनि आरोप छ सरासर गल्ती र निराधार रहेको बताउनु भयो ।पत्रकार यादबको आरोप मिथ्या र गलत रहेको र षड्यन्त्र रचि आफुलाई बदनाम गराउन खोजेको मेयर प्रत्याशि कुश्वाहाले बताए । उनले भने पत्रकार यादबले आफुमाथि दुरब्यवहार ,मारपिट गरेको आरोप लगाएको सरासर गलत रहेको छ । मेरो बुझाईमा पत्रकार यादबले आफ्नो निजि स्वार्थ पुर्तिको लागी यस्तो प्रपंन्च रचेको मेयर प्रत्याशि कुश्वाहाले अरोप लगाएका छन ।
मेयर प्रत्याशि कुश्वाहाको अनुसार पत्रकार यादब अरुको ईसारामा,कसैसंग आर्थिक प्रलोभनमा परेर राजनैतिक चलखेलका कारण आफुलाई फसाउन खोजिरहेको बताउनु भयो । म एउटा स्वच्छ मानिस भएपनि पत्रकार यादबले पैँसाको लोभमा आएर ममाथि लगाएको आरोप सरासर बेबुनियाद ,गल्त ,निराधार गरेको खन्डन गरेका थिए । त्यसतै पत्रकार यादबले अर्को माननिय ई.बसन्त कुश्वाहाको स्वकीय सचिव अर्जुन प्रसाद कुश्वाहामाथि पनि दुरब्यवहार ,मारपिट र गालीगलौज गरेको भन्दै ईलाका प्रहरी कार्यालयमाथि निबेदन समेत दर्ता गराएको थियो ।सोहि सम्बन्धमा स्वकिय सचिव कुश्वाहासंग सोधपुछ गर्दा हामिले आजसम्म कसैसंग झै–झगडा समेत नगरेको र देशको चौथौ अंग भएका पत्रकारलाई हामि कसरी गाली गलौज गछौं बताउनु भयो । वहाँले भने पत्रकार यादबले निर्माण स्थलमा बराबर आएर निर्माण कार्यमा बाधा पुर्याउने र कमिसन माग्ने नदिएपछि गुणस्तरहिन र दुई नम्बर काम भईरहेको बदनाम गर्ने कार्य गरेको स्वकिय सचिव कुश्वाहाले आरोप लगाउनु भयो । वहाँले भन्नु भयो यस निर्माण स्थलमा भईरहेको काम आजसम्म यस भेगका कुनै पनि बासिन्दाले गलत काम भईरहेको छ ,दुई नम्बरको काम भईरहेको छ कसैले भन्नेको छैन ।यहाँसम्म कि छठ घाट निर्माणमा यस नगरपालिकाको नगर प्रमुख देखि वडाअध्यक्ष समेत निरिक्षण गर्दा कसैले नराम्रो काम भइृरहेको छ भने आजसम्म भनेको छैन ।तर पत्रकार यादबले आफ्नो निजि स्वार्थ पुर्तिको लागी एउटा स्वच्क्ष छवि भएका मन्त्रीलाई बदनाम गर्न खोजेका स्वकिय सचिव कुश्वाहाले आरोप समेत लगाएका छन ।
बौधिमाई नगरपालिकाको वार्ड नं.५ कोपवा बंकुल रौतहटमा माननिय ई.बसन्त कुश्वाहाको संसदिय कोषबाट ४० लाखको लागतमा ईंटाको स्वालिङ्गमा ११० फिट लम्बाई ,चौडाई १७.२ मिटर गरि १२ वटा भरयाङ्ग र रेलिङ्ग सहित निर्माण हुन लागेको ईन्जिनियर अजय कुमार पासवानले जानकारी दिनु भएको हो ।