रमेश कुमार यादब
जेठ ३२,रौतहट
रौतहटको मध्यभाग गरुडा अन्तर्गत रहेको लक्ष्मिपुरमा नाला सहित सडक ढलान हुने भएको छ । आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी छ । यो क्रम नजिकिएसँगै स्थानीय तहहरूले विकास निर्माणका कामलाई तिव्र रुपमा गर्न थालेका छन् । वर्षा लागेपछि आवागमनमा कठिनाइ हुने र नदीजन्य पदार्थको समेत अभाव हुने भएकाले ग्रामीण क्षेत्रमा विकास निर्माणको काम तिव्र रुपमा भइरहेको छ । यसै क्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाकाले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् ।यतिखेर गरुडामा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गर्न थालेका छन् । सोहि क्रममा गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मीपुरमा एक कार्यक्रम बिच गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र सोहि वार्डको वडाअध्यक्ष रामबिनोद साहले संयुतmरुपमा नाला सहित सडक ढलान कार्यको शिलान्यास गर्नु भएको हो । गरुडा नगरपालिकाको वार्ड नं.५ को वडाअध्यक्ष रामबिनोद साहको वार्डस्तरियबाट बिनियोजित बजेटको ७ लाख लागतमा उक्त नाला सहितको सडक ढलान कार्य हुने भएको हो । शिलान्यास कार्यक्रमको प्रमुख अतिथि एवम् गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने यस नाला सहितको सडक ढलान कार्यले नगरबासिलाई आवतजावत गर्न थप टेवा पुग्ने बताउनु भयो । बिच भागमा रहेको मानिसहरुलाई यस नाला सहितको सडक ढलानले बर्षातमा जम्ने पानी र हिलो हुँदा आवतजावत गर्न समस्याबाट छुटकारा मिल्ने नगर प्रमुख जैसवालको बिश्वास रहेको छ । लामो समयदेखी यस ठाउँका मानिसहरु आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर वडाअध्यक्ष साहले आफ्नो वार्डस्तरिय बजेटबाट नाला सहित सडक ढलान गराएका नगर प्रमुख जैसवालले बताउनु भयो । सोहि शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै वडाअध्यक्ष रामबिनोद साहले भने आफ्नो वार्डको कुनै समस्या मेरो हो ,भनि उदेश्यले यहाँ रहेको समस्यालाई समाधान गर्न ७ लाखको वार्डस्तरिय बजेटबाट ५० मिटर लम्बाई ,८ फिट चौडाई र ८ ईन्च उचाई सडक ढलान गर्न लागेको बताउनु भयो । वहाँले भने यस नाला सहितको सडक ढलानले करिब २ सय जना मानिसहरु लाभान्वित हुने बताउनु भयो । त्यसतै वडाअध्यक्ष साहले भने कि वाडाबासिको सहयोग र साथ रहियो भने आवश्यकता अनुसार हरेक ठाउँमा बिकास निर्माणको कार्य हुने वडाअध्यक्ष साहले प्रतिबद्धता पनि जनाउनु भएको थियो । नाला सहितको सडक ढलान कार्य असार ५ गते सम्म सम्पन हुने उक्त कार्यको उपभोक्ता समितिको अध्यक्ष शिवजी साहले बताउनु भयो । सोहि शिलान्यास कार्यक्रममा नेकपा एमालेको नगर अध्यक्ष श्यामनन्दन सहनी उर्फ चन्द्रान्सु ,जोगी साह ,मदन महतो ,सुबास राय यादब ,जादोलाल राय यादब वार्डका वार्ड सदस्य प्रेमिला दास ,बुद्धजिवि ,भद्रभलादमि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।